पुर्व विद्यार्थी समाज राजपुर द्वारा नेपाल सरकारको विभिन्न सेवा क्षेत्रहरुमा कार्यरत ६० जना भन्दा बढी सम्मानित

  • मंसिर २, २०८०
  • ७९२ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स / सिरहा । दिपावली , छठ तथा बकर इद पर्वको महान अवसरमा पुर्व विद्यार्थी समाज जनता माध्यमिक ( प्राबिधिक ) बिद्यालय राजपुर द्वारा आयोजित शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रममा नेपाल सरकारको विभिन्न सेवा क्षेत्रमा कार्यरत ६० जना भन्दा बढी सम्मानित भएको छ ।IMG20231117152713

     शिक्षाको बिकास तथा विद्यार्थीको स्तर उन्नति प्रगतिको लागि एक गहन आवधाराणा सहित २०७९ मा स्थापित पुर्व विद्यार्थी समाज राजपुरले स्थापनाकाल देखिनै समाजिक रुपान्तरणका क्षेत्रमा पनि अग्रसर हुँदै विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही अवसरमा यस जनता माध्यमिक बिद्यालय राजपुरमा अध्यन गरि राष्ट्रको विभिन्न सेवा क्षेत्रमा कार्यरत ६० जना भन्दा बढी राष्ट्रसेवक कर्मचारी,शिक्षक, डक्टर ,प्राबिधिक ,बित्तीय कर्मचारी , वकिल ,पत्रकार, संघ संस्था तथा समाजिक क्षेत्रका अगुवा, नागरिक समाज लगायत सम्पुर्णलाई सम्मानित गरेको हो ।IMG20231117161155

    गैर राजनीतिक र गैर नाफामुलक सिद्धान्त सहितको आवधारणाको काँध थापी शिक्षा बिकास तिर उन्मुख पुर्व विद्यार्थी समाज राजपुरले ज्येष्ठताको अधारमा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुहुने च. मा. बि सिरहाको पुर्व प्रधानाध्यापक राम अयोध्या यादवलाई कार्यक्रमको प्रमुख अतिथि चयन गरि कार्यक्रम संचालन गरिएको थियो । च. मा. बि. सिरहाको पुर्व प्रधानाध्यापक यादव यस जनता माध्यमिक बिद्यालय राजपुर बाट अध्यन गरि ३८ बर्ष शिक्षण सेवामा जिवनको अमुल्य समय व्यतीत गरि सफलताका साथ जागिरे जीवन पनि किनारा लगाएको बुझिन्छ ।

    received_3503710233178717 हर्ष उल्लासको साथ गरिएको उक्त कार्यक्रममा दुग्ध वितरण आयोजाना बलाजुको प्रबन्धक गणेश यादव , उच्च अदालत राजबिराजको सहायक न्यायाधिवक्ता दिप कुमार यादव , सेवा निवृत बरिस्ठ लेखा अधिकृत शुभेश्वर यादव , स्वाबलम्बन बिकास लघु बित्तीय सहकारीको राजेश्वर यादव , कृषि बिकास बैंकको शाखा प्रबन्धक बिन्देश्वर यादव , पुर्व कृषि अधिकृत शिव शंकर यादव , पत्रकार महासंघ सिरहाको सचीव शिबदयाल यादव, रेडियो नेपाल सिरहाको सम्बाददाता तथा प्रदेश टाइम्स दैनिकको प्रकाशक / सम्पादक राम पुकार यादव , शिक्षक शम्भु यादव, प्रमोद यादव, भेटेनरी सेवामा कार्यरत कर्मचारी भोगेन्द्र यादव, कृषि अधिकृत ज्ञान कुमार यादव लगायत अन्य सम्पुर्ण कर्मचारी पदाधिकारीहरु सम्मानित भएको पुर्व विद्यार्थी समाज राजपुरको सचीव तथा जनता माध्यमिक बिद्यालय राजपुरको प्रधानाध्यापक प्रदीप कुमार यादवले बताए । कार्यक्रमको अध्यक्षता पुर्व विद्यार्थी समाजको अध्यक्ष तथा कृषि अधिकृत ज्ञान कुमार यादवले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...