सिरहा पुस्तकालयको आयोजनामा विद्यापति स्मृति पर्व समारोह–२०८०सम्पन्न

  • मंसिर ९, २०८०
  • ३६४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा, मंसिर ९ गते । सिरहा पुस्तकालयमो आयोजनामा ‘विद्यापति स्मृति पर्व समारोह–२०८० सम्पन्न भएको छ । सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समारोहमा विद्यापतिको योगदान विषयको चर्चा गरिएको थियो । सिरहा पुस्तकालयका अध्यक्ष सुरेन्द्र कुमार कामतिको अध्यक्षतामा भएको समारोहमा पत्रकार एवं अभियानी रामरीझन यादव, अनिरुद्र ठाकुर, अवकासप्राप्त प्राध्यापक चन्देश्वर प्रसाद यादव, उमेश कुमार झा ललन, अवकासप्राप्त प्रअ रामसेवक सिंह, वरिष्ठ नारायण झा, अनिरुद्र ठाकुर, साहित्यकार लक्ष्मण रनै, शिवकुमार महरा, सिरहा पुस्तकालयका ृउपाध्यक्ष भोगेन्द्र साह, सदस्यद्वय रामकिशोर यादव, जितेश कुमार कर्ण, पत्रकार जिवछ उदासी, बद्रीनारायण यादव, नरेशचन्द्र बरबरीया यादव, नेतृ देवधारी यादव, राजनीतिकर्मी राजकुमार त्यागी, शिक्षक विमल कुमार यादव लगायतको उपस्थिती रहेको थियो । उक्त अवसरमा अवकासप्राप्त प्राध्यापक उमेश कुमार झा ललन र प्रअ वशिष्ठ नारायण झा र रामसेवक सिंहले कविता वाचन गरेका थिए । यसै अवसरमा मैथिली साहित्य परिषद पनि गठन गरिएको छ । पत्रकार एवं अभिन्ता रामरीझन यादवको संयोजकत्वमा ९ सदस्यीय विधायन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा चन्देश्वर प्रसाद यादव, अनिरुद्र ठाकुर, जिवछ उदासी, परशुराम साह, देवधारी यादव, दिपेन्द्र यादव, लक्ष्मण रनै र मो. नैयूम राईन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...