अनुगमनबाट ब्यपारिलाइ चेतना जाग्छ

  • मंसिर ९, २०८०
  • ८३३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल  / मंसिर ८ सिरहा । घरेलु तथा साना उधोग कर्यालय लहान,सिरहाद्वार “स्वदेशी उत्पादन अभियानः उद्यमीको सम्मान” मुल नाराका साथ २०८०को नवौं उद्योग दिवस मनाएको छ । कार्यक्रममा प्रमुख अतिथी,बिशिस्ट अतिथी,अतिथी लगयतले आ आफ्ना तर्कसङै छ्लफल गरेक छ्न । घरेलु तथा साना उधोग कर्यालय लहान सिरहाको प्रमुख दिपेन्द्र यादबले भनेअहिलेको वर्तमान अवस्थामा घरेलु तथा साना उद्योग कार्यालयले वृहत रूपमा विपन्न, गरिब, दलित तथा महिलाहरुलाई विभिन्न सीपमूलक तालिमहरु जस्तै मोवाइल मर्मत, प्लम्बर, इलेक्ट्रीशियन, डल कुशन, लाह चुरा आदि तथा उद्यमशिलता विकास तालिम प्रदान गरी रोजगारमूलक नागरिक तयार पार्नुको सथै स्वरोजगारी वृद्धि गर्नमा अहम भूमिका खेलेको छ। यस कार्यालयले लघु, घरेलु तथा साना उद्योगीहरुलाई स्तोरोन्तीको निम्ति वर्षेनी प्रविधि हस्तान्तरण (मेशिन / उपकरण) गरी उद्योग प्रवर्द्धधनमा टेवा पून्याउने समेत कार्य गरिरहेको छ । घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमन गरी बजारमा देखिएका विकृति विसंगतिलाई न्यूनिकरण गरी उपभोकहरुलाई जागरुक गर्ने कार्य गरिरहेको छ साथै लघु, घरेलु तथा साना उद्यमीहरुको उत्पादनसँग सम्बन्धि बजार विस्तार तथा प्रवर्द्धनको निम्ति कार्य गरिरहेको छ। साथै नविन प्रकृतिका लघु, घरेलु, साना तथा मझौला उद्योगहरु स्थापना तथा विस्तारका लागि सम्भाव्यता अध्ययन, उद्योग व्यवसाय र आपूर्ति सम्बन्धि अध्ययन र जिल्ला स्तरीय उद्यम विकास रणनीतिक योजना निर्माण कार्य गरेको छ । घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन गरी उत्पादनशील रोजगारोमा वृद्धि गरी गरिवी न्यूनिकरण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई सुदुढ र समृद्ध बनाउन उद्योग क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको छ। उद्यमशीलता प्रवर्धन गरी स्थानीयस्तरमा स्वदेश मै उपलब्ध कच्चा पदार्थ, श्रम सीप र प्रविधि प्रयोग हुने लघु, घरेलु तथा साना उद्योगको स्थापना र विस्तार गर्ने उद्योग प्रवर्तन अन्तर्गत सीप विकास तालिमहरु प्रदान गरी स्वरोजगार रोजगारी सृजना गर्ने र वैदेशिक रोजगारीलाई न्यूनिकरण गर्ने कार्य लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन र विस्तारबाट सम्भव छ। विकासोन्मुख देशमा ठूला तथा मझौला उद्योगहरुको तुलनामा लघु, घरेलु तथा साना उद्योग क्षेत्रको महत्वपूर्ण योगदान रही आएको छ। नेपालमा उत्पादित वस्तुहरुलाई बढी गुणस्तरीय बनाई प्रतिस्पर्धा माध्यमबाट आयात प्रतिस्थापना तया निर्यात प्रवर्द्धनमा जोड दिनको लागि घरेलु तथा साना उद्योगहरुको विकासमा सबैले ध्यान दिनुपर्ने देखिन्छ । त्यस्तै पत्रकार महसङ्का अध्यक्ष मनोज बनैताले भने बजार अनुगमनबाट प्लास्टिक युक्त लडु फेला पारेको देखिए जसले ब्यपारिमा चेताना आएको छ । अर्को तिर माखानफोग एनड स्वीट नमकिनले खनामा किरा खुवाइको घटनालाई पछ्याइ किरालाइ जिरा भनी ढाकछोप गरिएको अबस्था देखिएको भने ।

प्रतिक्रिया दिनुहोस

नयाँ वर्ष २०८२ मा जन ...

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नय ...

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...