सिरहामा सलहेश कला मन्दिर गठन

  • मंसिर ९, २०८०
  • ५२१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, मंसिर ९ गते । कला, संस्कृति संरक्षण गर्दै सिरहामा कला, गायन क्षेत्रलाई वढावा दिन ‘सलहेश कला मन्दिर’ गठन गरिएको छ । सिरहा पुस्तकालयमा आयोजित भेलाबाट प्रकाश दास ‘मानस’को अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष पशुपति यादव, सचिव जितेश कुमार कर्ण (वमवम), सहसचिव सहजाद खान, कोषाध्यक्ष दिपेन्द्र कुमार यादव रहेका छन् । यस्तै सदस्यहरुमा अमिसा उपाध्याय, देव सुन्दर मण्डल, रंजित कुमार सिंह, मुकुन्द यादव लगायत रहेका छन् । भेलामा कलाकार एवं राजनीतिकर्मी राजकुमार त्यागी, सिरहा पुस्तकालयका अध्यक्ष सुरेन्द्र कुमार कामति, पूर्वअध्यक्ष अरुण कुमार पासमान, जेम्स बोडिङ स्कूलका सञ्चालक विकास साह, शिक्षक रामभरोस यादव, पत्रकार नरेशचन्द्र बरबरीया लगायतको उपस्थिती रहेको थियो । सिरहाली आईडलको तयारीमा जुटेका सलहेश कला मन्दिरले सिरहा नगरपालिका क्षेत्रमा पहिलो चरणमा गायन, नृत्य, ड्रामा लगायतको क्षेत्रमा कलाकारको खोजी गरी मञ्च उपलब्ध गराउने र व्यवसायिकरणमा जोड दिने, प्रशिक्षण दिने जस्ता उदेश्यको साथ अगाडी वढेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...