कमला बचाउ अभियानलाई तीब्रता

  • मंसिर ८, २०७६
  • ७८२ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव/बिष्णुपुर (सिरहा),अभियानीहरुले कमला नदी बचाउ अभियानलाई साप्ताहिक रूप प्रदान गर्दै कमला बचाउ अभियानलाई तीब्रता दिएका छन। अभियानीहरुले  कमला नदीको मुहानसम्मको अवलोकन, निरीक्षण कार्य शनिवार सम्पन्न गरेका छन।सिन्धुलीको कमलामाई नगरपालिका वार्ड-८ कमला नदीको उद्गम स्थल (मुहान ) मानिने उक्त ठाउँको निरिक्षण अवलोकन गर्न अभियानीहरू त्यहाँसम्म नदीको भविष्य, बचाउका प्रयास बारेका तहगत नरीक्षणार्थ त्यहाँसम्म पुगेका हुन।कमला बचाउ अभियान तथा सामुदायिक विकास तथा परवी मंच नेपालको आयोजनामा भ्रमण कार्य्रकममा कमला बचाउका उपयुक्त प्रयास तथा आगामी रणनीतिबारे विमर्श समेत सम्पन्न गरेका थिए।सहभागी विभिन्न जिल्लाका भ्रमणकर्ताहरूको सहभगितामा उक्त अवलोकन, निरिक्षण कार्य सकिएको हो।सिरहा जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुरको प्रमुख अतिथि रहेको उक्त कार्य्रकममा सहीद नगरपालिका प्रमुख उदय बर्बरिया, कमला बचाउ अभियानका संयोजक बिक्रम यादव, पौरवी मंच नेपालका अध्यक्ष नागदेव यादव, मानव विकास केद्रका निर्देशक कुंदन झा, अधिकृत नन्द कुमार झा, सहीद नगरपालिकाकी उपमेयर शिला देवी कॉपर लगायतका अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...