सिरहामा लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

  • मंसिर २८, २०८०
  • ५७६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । अबैध लागु औषध ( ब्राउन सुगर ) सहित सिरहामा दुई जना मानिस पक्राउ परेको छ । बुधबार करिब साढे चार बजेको समयमा सिरहा वडा १७ माडर बसपार्क स्थित ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट प्र ना नि संजय तमाङको कमाण्डमा खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्रीहरुलाई चेक जाँछ गर्ने क्रममा अबैध समान लागु औषध ब्राउन सुगर फेला परेपछि दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने जिल्ला सिरहा मिर्चैया नपा ५ बस्ने अन्दाजी बर्ष १८ को रुपेश पासवान र सोही नगरपालिका बस्ने बर्ष २४ को कृष्णा कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । शंका लागि चेकजाचँ गर्दा रुपेश पासवानको जिन्स पाईन्टको खल्तीबाट कालो प्लाष्टिकमा पोको पारी ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ तौल गर्दा प्लाष्टिक सहित १ ग्राम ७२ मिलिग्राम लागूऔषध फेला परेको हुदाँ निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता रबिन्द्र राज पाण्डेले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...