कल्याणपुर भेडियाकी एक दलित सरिता महरा कसरी ठगिन ?

  • पुस ९, २०८०
  • २३४ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । आफ्नो घरपरिबारको जिबिकोपार्जन गर्न सरिता महराकी श्रीमान उमेश महरा बिदेसिए । बिदेशबाट केहि दिनका लागी छुट्टि लिएर आफ्नो घर फर्केपछि कल्यणपुर महौलिया नजिक मोटरसाइकल दुर्घटनामा उनको श्रीमानको मृत्यु भयो । मृत्यु भएपछि घर-परिबारमा उनि एक्लि भइन,जम्मा तिन जनाको परिबार मध्ये एक जना ससुरा,आफु र श्रीमान थिइन । जसमा उनकि ससुरा हाल सिरहा कारागारमा कैदी जिबन बिताइरहेका छन । सम्पतिको नाउँमा घडेरि बाहेक अरु केहि नभएपछि उनि आफ्नि माइती कल्याणपुर(भेरिया) पुग्छिन,त्याहा पनि घरको अब्स्था दयनिय थियो । गरिबि जिबनमा,काम गरेर माइतमा बस्दै आइरहदा उनलाई एक जना धनुषा जिल्ला को बिनोद यादब सङ्ग आफ्नो पिडा राख्दा उनले आफु बिमा कम्पनि सङ्ग कुरा गरेर पैसा मगाइ दिने कुरा गरे । त्यसपछि सरितालाइ लिएर बिनोद बिमा दाबि गर्न सबै प्रकृया मिलाएर पैसा ७ लाख मगाइदिन्छन जसबाट उनले सरिता सङ्ग खर्चको नाउमा चेकमा हस्ताक्षर गरेर १ लाख लिन्छन,पछि फेरि अर्को किस्ता १३ लाख आउदा,त्यसबाट ५ लाख लिन्छन । सरिताले मलाई यो चेकमा किन हस्ताक्षर गराउदै हुनुहुन्छ भनेपछि सबै प्रकृया मिलाउन पैसा दिनुपर्छ,तिमिले मलाई पैसा नदिए म गाउँ गएर पैसा बारे सबैलाइ जानकारि गराइ लुटपाट गराइदिने धम्कि दिन्छन पछि उनि बाध्य भएर डरले पैसा दिन पुग्छिन । यसरि एउटा दलित समुदायकि महिला ठगिको सिकार बन्न पुगेकि छिन । यसरि ठगिएको कुरा स्थानीय जनमता पार्टी बाट कल्याणपुर नगरपालिकाका प्रत्यासि उम्मेदवार धनिक लाल मण्डलले थाहा पाएपछि,उनको घरमै पुग्दा ठगिएको कुरा बुझे । धनिक लालले कागजपत्र हेर्दा यो बिमाबाट प्राप्त भएको रकम मात्र देखे त्यपछि उनले कम्पनिबाट समेत पैसा दिलाउन पहल सुरु गरे पछि १८ लाख रकम सरिताले प्राप्त गरिन । उनले,ठगिएको रकम ६ लाख फिर्ता गराउन समेत पहल सुरु गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...