आस्था र पैरवीको अधारमा आफुलाई उल्झनमा पारिएको : पीडित साहु रामसेवक यादव

  • पुस ११, २०८०
  • १६७३ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । आफुलाई फसाउने नियतले नै फैसला र समझदारी भैसकेको मुद्दाहरूमा पनि आस्था पैरबिको भरमा जबर्जस्ति निवेदन , दिन लगाएर उल्झनमा पारेको पीडित साहु  राम सेवक यादवले बताएको छ ।

पीडित साहु यादवले घरै व्यबहारको काम देखाएर कपाली तमसुक बनाएर पैसा लिनेहरु गाउँ समाजमा यतिखेर सरकारले ल्याएको अनुचित लेनदेन सम्बन्धि बिधेयकलाई अफरको रुपमा प्रोयोग गरिरहेको ऋणिहरुले लिरहदा पनि सम्बन्धित निकायहरुले फैसला र समझदारी भैसकेका लेनदेनका मुद्दाहरुमा निवेदन लिई आफुलाई उल्झनमा पारी दुख दिएको बताएको हो ।

लेनदेन सम्बन्धि कारोबारहरुमा आफू सँग समाज व्यबहारमा नै मिलापत्र राजिखुशिका साथ समझदारी र अदालतमा पनि फैसला भएको ठोस प्रमाणहरु हुँदाहुँदै पनि आस्था सोर्स ,पहुँच र पैरबिको अधारमामा साहु बाट उल्टै पैसा तान्ने नियतले आफुलाई परेशानिमा पारिएको यादवले बताए ।

उहाँले सिरहाको गोलबजार बस्ने बिरेन्द्र यादव सँग २०६९ सालमा लेनदेन भएको र उक्त लेनदेन को कुरो २०७४ सालमा नै आपसी समझदारी भै २०७५ सालमा मेरो नाउँमा रहेको निजको ३ कठा जग्गा बापतको रकम समेत निजलाई दिएर त्यस समय नै मिलापत्र भएको जानकारी गराउन आज यो पत्रकार सम्मेलनको आयोजना गरिएको बताएका छन ।

यस्तै आफू सँग लेनदेन गरेको गोलबजार नगरपालिका वडा ८ बस्ने रामचन्दर महतो र गोलबजार १२ बस्ने सुर्य नारायण मुखिया सँगको कुरो आपसी सम्झदारिमा नै मिलिसकेको समेत उनले बताए । आफू सँग गरेको र भएको लेनदेनको सबालमा सम्पुर्ण मुद्दाहरु आपसी र कानुनी समझदारीमा मिलापत्र भैसकदा पनि राजनीतिक पक्ष बिपक्षले मिलिसकेको ॠणिहरुलाई पनि गलत नियत अर्थात उल्झाउने फसाउने नियतले आफुलाई ओझेलमा पार्न कतिपयले खेलिरहेको आरोप व्यक्त गरे ।

साथै यसमा सम्बन्धि निकाय जिल्ला प्रशासन कार्यलायको भुमिका पनि बैधानिक रुपले स्पस्ट नरहेको आरोप थपे । सोमबार नेपाल पत्रकार महासँघ सिरहाको प्राङ्गणमा पीडित साहु लेनदेन संघर्ष समिती सिरहाको आयोजनामा पत्रकार सम्मेलन गरि लोकतान्त्रिक मूल्य मान्यताको देशमा पनि तत्कालीन पंचायतकाल जस्तै जिल्लाको प्रशासनिक निकायमा काम चलिरहेको पीडित साहु यादवले जिल्ला प्रशासन कार्यलय सिरहालाई आरोप लगाउँदै आफ्ना धारणा प्रस्ट्याएका छन । IMG_20231226_154026

पुर्व प्रधानाध्यापक समेत रहेका पीडित साहु यादव पीडित भनाउँदाहरु मेरै बारेमा समाजिक संजाल र मिडियाहरुमा लेनदेन सम्बन्धि निराधार कुरोहरु उठान गरेको तथ्यहिन , कपोकल्पित र झुठो रहेको इकिंत गर्दै आफू निर्दोष रहेको बताएका छन ।

 उहाँले आफू सँग ठोस प्रमाणहरु छ भन्दै यदि कसैले तथ्य सहित दोषी  साबित गर्यो भन्ने कार्यबाही भोग्न तयार समेत रहेको पत्रकार सम्मेलमा बताए । कार्यक्रममा पीडित साही संघर्ष समितीका प्रदेश अध्यक्ष उपाध्यक्ष र जिल्ला  सिरहा स्थित पिडित साहुहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...