कर्णको रहस्यमय मृत्यु, अनुसन्धान जारी

  • पुस ११, २०८०
  • ४३० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 विनोद मण्डल/ सिरहा । पुस ११ । सिरहाको मिर्चैया स्थित एक होटलमा मुकेश कर्णको रहस्यमय मृत्यु भएको घटना बाहिरिएको छ । मिर्चैया स्थित पूर्व पछिम राजमार्गको कटारी चौकको केही उत्तर पछिममा रहेको "ओखलढुङ्गे गिरी होटल " मा विहानको समयमा रेस्ट गर्न आएका करिब ४० वर्षीय कर्ण होटलको कोठामा गएको ५ मिनेटमै अचेत भए पछि छेउमा रहेको सहारा क्लिनिकमा उपचारको लागि पुर्याइएको थियो । अचेत अवस्थाका कर्णलाई क्लिनिकले मृत घोषणा गर्दै करिब ११ बजेर ४० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय मिर्चैयालाई जानकारी गराएका थिए । घटना स्थलमा पुगेर ईलाका प्रहरी कार्यालय मिर्चैयाले अनुसन्धानका लागि कर्णसंगै होटलमा गएका एक महिलालाई नियन्त्रणमा लिएका छन । जवाहर कन्स्ट्रक्सन बढहरामाल कर्जनहामा कार्यरत मुकेश कर्ण नास्ता खाएर घरबाट मिर्चया तिर आएको पारिवारिक श्रोतले जनाएको छ । होटल सञ्चालनका अनुसार मुकेश एक महिलासँग होटलमा आएको र आधा घण्टा रेस्ट गर्ने भनी इन्ट्री गरेर कोठामा गएको ५ मिनेटमै बेहोस भई मुख बाङ्गिए पछि उनीसँगै रहेकी महिला रुँदै कराउँदै कोठाबाट तल आएर जानकारी गराए पछि कर्णलाई अचेत अवस्थामा छेउको क्लिनीकमा करिब ११ बजेर ३० मिनेटको समयमा भर्ना गरिएको थियो । ईलाका प्रहरी कार्यालय मिर्चैयाले घटना स्थलको वस्तु स्थितिको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि एम्बुलेंसमा ईलाका प्रहरी कार्यालय मिर्चैया अगाडि राखी आवस्यक कानूनी प्रक्रिया अगाडि बढाई रहेको देखिएको हो । मिर्चैयामा पटक पटक यस्ता घटनाहरू भइरहँदा पनि शुक्षम अनुसन्धान भने हालसम्म हुन सकेको छैन । मुकेश कर्ण स्थानिय कर्जनहा ५ स्थित बढहरामालका बासिन्दा रहेको बताईएको छ । यता घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएस्पी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...