आफ्नै नाममा दर्ता रहेको जग्गा भोगचलनमा तिनको बदमाशी !

  • पुस १२, २०८०
  • ५२४ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स, सिरहा / अग्निसार कृष्ण संवरण गाउँपालिकाकी अंजली शर्मा ठाकुर जो बर्ष ३२ कि छिन । उनी सभ्य ब्यबहारकी महिला छिन ।
आपसी विवाद झैँझगडादेखी परै बस्ने शर्मा मानिसले दिने उपद्रव र बदामाशिलाई समाजको बिकृतिको रुपमा लिने गरेकी छन । तर भन्ने समाजको बिकृतिको रुपमा रहेको उपद्रव र मानिसको बदमासी गतिविधिको घेरा बाहिर उम्किन नसकेपछि सार्है पीडामा रहेकि दुखेसो पोख्छिन अँजलि शर्मा ।
उनले आफ्नै नाममा दर्ता रहेको ८ कठ्ठा जगा भोगचलनमा समाजकै तीन जनाले उपद्रव दिदैं बदमासी गरेको प्रदेश टाइम्सलाई बताउँछिन ।
कुरो २०७४ साल भन्दा पहिलेको हो । सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ६ मा हाल अंजली शर्माको नाममा दर्ता रहेको करिब ८ कठ्ठा जग्गा २०७४ साल भन्दा पहिले रामकिसुन सिहंको नाउँमा रहेको थियो ।
रामकिसुन सिंहले उक्त ८ कठ्ठा जग्गा रामजानकी फाइनान्स जनकपुरमा धितोमा राखेर ऋण उठाएको थियो । हैसियत भन्दा बढी ऋण टाउकोमाथी लिएको कारण सहकारीको ब्याज सम्म नतिर्न सक्ने अबस्थामा पुग्यो ।
आफ्नो साँवा ब्याज असुल उपर गर्न रामजानकी फाइनान्स जनकपुरले उक्त जग्गा निलामी अर्थात डाक बोलाईयो । ब्याजै बुझाउन नसकिने प्रस्थितिमा लम्बा दण्डवत तानिरहेको जग्गा धनी रामकिसुन सिंहले साँबा र ब्याज दुईटै बुझाई डाक थामेर जग्गा आफ्ना नाउँमा दर्ता कायम राखन असफल नै भयो । सफलता पाएन ।
जग्गा डाक बोल्यो । उक्त जग्गाको डाक धनुषाको जनकपुर बस्ने अशोक चौधरीले थामे । चौधरीले डाक बमोजिमको रकम बुझाइ निलामी जग्गा २०७४ सालमा आफ्नो नाममा दर्ता गराए ।
६ बर्ष पश्चात् जनकपुर बस्ने अशोक चौधरी पनि आफू बसेको ठाउँ भन्दा जग्गा टाढै रहेपछि भोगचलन गर्न अप्ठ्यारो महसुस गर्दै ग्राहक खोजी बेच्न निर्णयमा पुगे ।
२०८० ज्येष्ठ २२ गतेको दिन अशोक चौधरीले गोलबजार ६ स्थित उक्त ८ कठ्ठा जग्गा सप्तरीको अग्निसार कृष्ण संवरण गाउँपालिका वडा नम्बर ३ बस्ने अंजली शर्मा सँग बिक्री गरे र गोलबजार ६ बस्ने दिनेश ठाकुरको छोरी अंजली शर्माले खरिद गरि आफ्नो नाउँमा दर्ता गराउँदै लालपुर्जा बनाउन सफल भइन ।
आफ्नै नाउँ र हकभोगमा रहेको जग्गा सम्पत्ति भोगचलन शान्तिपुर्वक उपभोग गर्न पाउने अधिकार कानुन र सबिधानमा नै शुनिश्च्तताका साथ उल्लेख गरेको छ । अर्काको जग्गा सम्पतिमा कसैले लोभ लालच गर्नु कानुनले अपराध नै मानेको ब्यबस्था रहेको बेला आफुले आफ्नै नाउँमा रहेको जग्गा सम्पती भोगचलन गरिरहदा विभिन्न ब्यक्तिहरु राजकुमार सिंह ,शिबनाथ साह र धनिकलाल महतोले यसमा उपद्रव र बदमासी गरिरहेको ३२ बर्षिय अँजली शर्माले भावबिभोर हुँदै प्रदेश टाइम्सकर्मिलाई सुनाईन। "
उनले गोलबजार नगरपालिका वडा ६ बस्ने धनिकलाल महतो , सोही ठाउँ बस्ने राजकुमार सिंह र शिबनाथ साह तीन जना रहेको बताउँछिन । " यी तीन जनाले आफ्नो नाउँमा रहेको जग्गामा भएको विभिन्न बोटबिरुवा सहित जगा सुरक्षाको लागि लगाइएको तारबार समेत चोरी गरि लगेको घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय समेतमा निवेदन गरेपनी उपद्रव र यी तीन ब्यक्तिको बदमासी बाट फुर्सद नापाएको भन्दै क्षतिपूर्ति सहित कार्यबाही गर्न समेत माँग गरेकी छन ।
आफ्नै नाममा रहेको जग्गा ऋणकै कारण जग्गा सुरक्षीत राख्न सकेन राम किसुन सिंह । आज उसको छोरा राजकुमार सिंह जग्गा मोहमा परि उपद्रव र बदमाशिमा लाग्नु कतिको जायज ? अवाज उठाउँछन स्थानीयहरु ।
जग्गा डाक बोलेर अरुले खरिद गरेको बेला नै विभिन्न अडा अदालत , पुनरावेदन गुहारेको थियो , रामकिसुन । जति गरेपनि सत्यको हार भएन ।
जग्गा अशोक चौधरीले नै पायो । यति भैसकदा पनि अर्काको जग्गा मोहमा फसेका राम किसुनको उतराधिकारी राजकुमार सिंह ग्रुपमै उपद्र्व र बदमासी गर्न छोडेन । विभिन्न निकायमा जानकारी गराउँदै अंजली शर्मा न्यायको प्रतिक्षामा !

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...