सरस्वतीको मन्दिरमा दलिय राजनीति , अभिभावक होइन अभिभावक नरहेकाहरु बाट बिद्यालय धरापमा

  • पुस १३, २०८०
  • ३८४ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव / सिरहा । बिद्यालय सरस्वतीको मन्दिर नै हो । सरस्वती मन्दिर भनेको समाजका हरेको अबोध बालबालिकाले ज्ञान हासिल गर्ने थलो हो । समाजका हरेक बालबालिका कोपिला फुल नै हुन । यहाँ समाजका हरेक कोपिला फुलहरु सरस्वतीको मन्दिर भित्र फुल्ने गर्छन ।

  अर्थात समाजका हरेक अबोध बालबालिका त्यो एउटा कोपिला फुल हो जो सरस्वतीको मन्दिर र समाजलाई सोभा सौन्दर्यता नै बढाउने गरेको हुन्छ । उनिहरु समाज र राष्ट्र बिकासको कडि नै हुन । र यी कोपिला फुलहरु फुल्ने हुर्कने ठाउँ नै सरस्वतीको मन्दिर भनेको बिद्यालय हो ।

आज यी सरस्वतीको मन्दिर अर्थात बिद्यालय किन र कसका कारण धरापमा छन ? बुझ्नु समाजका हरेक सचेतकलाई जरुरी छ । सन्दर्भ श्री जनता माध्यमिक बिद्यालय ( प्राबिधिक ) राजपुरको हो । जहाँ सात सय उन्नान्बे भन्दा घटी विद्यार्थी छैन । विद्यार्थी संख्या भरपुर छन तर १२ सम्म पढाइ चल्ने बिद्यालय राजपुरमा अधा दर्जन भन्दा बढी शिक्षक छैन ।

शिक्षक संख्या कम कम छन । ब्यबस्थापन पक्ष पनि सार्है कमजोर छन । शिक्षक संख्या कम र ब्यबस्थापन पक्ष ( समिति ) नभएको कारण त्यहाँको अध्यन अध्यापनको अबस्था दयनीय छ ।

घर ठड्याउन अब्बल , मुख्य खम्बा सहित साहयक खम्बाहरुको अपरिहार्यता झै एउटा बिद्यालय संचालन गर्न सक्षम र सबल ब्यबस्थापनको अपरिहार्यता हुन्छ ।

बिद्यालय ब्यबस्थापनको लागि एउटा निर्णायक अभिभावक टिमको खाँचो हुन्छ । यसको लागि सम्बन्धित बिद्यालयमा पढ्ने विद्यार्थी (कोपिला फुलहरु ) को अभिभावकहरु मध्य बाट एक ब्यबस्थापन समितीको छनौट कार्य गर्नुपर्छ । जसमा राजनिती र दलिय हस्तक्षेप पक्कै हुनुभएन । बरु राजनीति दलहरूले समिति छनौटको लागी अभिभावकहरुको लागि सहजीकरणको भुमिकामा प्रस्तुत भए अभिभावकहरु मदत पुगेको महसुस गर्छ कि ? अभिभावकहरुको कथन उत्तम रहेको बुझिन्छ ।

। अभिभावकहरु मध्ये बाट ब्यबस्थापन समिती बिशुद्द राजनीति हस्तक्षेप र दलिय प्रभाव बिना विद्यार्थी र बिद्यालय बिकासको लागि छनौट गर्नु पर्ने हामी सबैको नैतिकता र मानवीयता नै हो । तर ठिक त्यसको विपरीत श्री जनता माध्यमिक बिद्यालय ( प्राबिधिक ) राजपुरको ब्यबस्थापन समिती छनौटमा दलिय राजनीति र अभिभावक नरहेकाहरुले प्रभाव जमाइरहदा सरस्वतीको मन्दिर बिद्यालय अभिभावक होइन अभिभावक नरहेका हरु बाट धरापमारापमा परेको बताइन्छ ।

२००७ सालमा नै स्थापना भएको जनता माध्यमिक प्राबिधिक बिद्यालय राजपुर शिक्षा र प्रबिधिको बिकास सँगै किन फन्को मार्न सकेन ? समाज र विभिन्न दलका सचेतक सहित यस समाजको बुद्धिजीवीहरुको लागि गम्भीर प्रश्न छ । त्यसैले अब हामी एकजुट एकमतका साथै समाजको आमुल्ल परिवर्तनको लागि शिक्षा र अन्य क्षेत्रको बिकासमा बाधक नबनौं ।

पढाइ र दिवाखाजा बाट बंचित भैरहेको हाम्रा कोपिला फुल र बिष्णुपुर गाउँपालिका भित्र रहेको एक मात्र सान प्राबिधिक बिद्यालय राजपुरको बिकासमा जुटौं । धरापमा रहेको विद्यार्थीको भबिष्य र प्राबिधिक सहितको बिद्यालयलाई जोगाऔं । यसमै हाम्रो कल्याण हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...