नेपाल रेडक्रस सोसाइटी बिष्णुपुर उपशाखाको दोस्रो अधिबेशन सम्पन्न

  • पुस १५, २०८०
  • ७७० पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । सिरहाको बिष्णुपुरमा नेपाल रेडक्रस उपशाखा बिष्णुपुरको दोस्रो अधिबेशन सम्पन्न भएको छ । रेडक्रस सोसाइटी उपशाखा बिष्णुपुरको सभापति अनुरुद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि को रुपमा बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादव,बिशिस्ट अतिथि नेपाल रेडक्रस सोसाइटी सिरहाको सभापति राजदेव यादव , अतिथिहरुमा वडा नम्बर ४ को अध्यक्ष राम बाबु यादव , अवकाश प्राप्त अमिन राम बिलास यादव , नेपाल राष्ट्र बैंकको अवकाश प्राप्त क्याशियर शिव नारायण यादव , राजकुमार यादव, ज्ञानि महतो , गजेन्द्र यादव लगायत वडा सदस्य बैदनाथ कामति , बिनोद यादव, रहेको थियो ।

कार्यक्रमको खुला सत्रमा आफ्ना मन्तव्य राख्दै रेडक्रस सोसाइटी सिरहा शाखाको अध्यक्षले यो कमाउने संस्था नभएकोले यसमा मानवीय भाबनाको उजागर गर्नु नै उत्तम रहेको भन्दै यस्ता परोपकारी संस्थामा कसैले फाइदाको हिसाबले लोभमा नपर्न आग्रह गरे । त्यस्तै प्रमुख अतिथी बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादवले रेडक्रस पबित्र संस्था भएकोले यसमा बिना टीका टिप्पणी , बिना बाधा अबरोधको सहज बाताबरण मा अब बन्द सत्र बाट बन्ने नयाँ समिति सक्रिय र सक्षम हुनुपर्ने धारणा राख्दै आफ्नो गापा बाट हुन सक्ने सहयोगको लागि पछि नपर्ने बताए ।

अधिबेशन कार्यक्रमको संचालन तथा उदघोषण शाखाको सचीव राम तपेश्वर साहले गरेको थियो भने कार्यक्रम शान्त र सभ्य बाताबरणमा सम्पन्न गरिएको थियो कार्यक्रममा सयौं भन्दा बढी समाजसेवि ,बुद्धिजीवी ,भद्रभलादमी महिला पुरुषहरुको उपस्थिति रहेको थियो । बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको अधिवेशन कार्यक्रमले अनिरुद यादव सभापति रहने गरि जम्मा १२ सदस्यीय समिति चयन भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा बिष्णुपुरको सचीव राम तपेश्वर साहले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...