संयुक्त अरब इमिरेट्समा नेपालका प्रवासी मधेशीहरुको छाता संस्था मधेशी एकता समाजको संगठन विस्तार

  • पुस २८, २०८०
  • ३८० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम / सिरहा ।  संयुक्त अरब इमिरेट्समा नेपालका प्रवासी मधेशीहरुको छाता संस्था मधेशी एकता समाजको संगठन विस्तार भएको छ । मधेसी एकता समाज, यु ए ई इकाई द्वारा दुबई काे ज़बील पार्कमा नयाँ वर्ष र माघे सङ्क्रान्तिकाे अवसरमा एक पिकनिक कार्यक्रमको आयोजन गर्दै सोही अवसरमा धर्मेन्द्र गोहिवारको नेतृत्वमा मधेसी एकता समाज यु ए ई इकाइको संगठन विस्तार गरेको मधेसी एकता समाज यु ए ई को अध्यक्ष धर्मेन्द्र गोहिबारले बताएका हुन । कार्यक्रममा विभिन्न क्षेत्रका करिब दुई सयको संख्यामा मधेसी महिला पुरुषहरु सहभागी रहेको र यतिको संख्या बाट नै एउटा नयाँ संगठनको लागी समिति बिस्तार गरेको प्रदेश टाइम्सलाई फोन गर्दै अध्यक्ष गोहिवारले जानकारी गराएका हुन । अध्यक्ष गोहिबारले नवगठित संगठनको समितिको सह अध्यक्षमा राम अयोध्या साह, वरिष्ठ उपाध्यक्षमा डा मितुशी मित्तल झा, अम्बिका साह, शैलेन्द्र यादव, महासचिव मा रोशन देव, सह सचिव मा राम पुकार यादव, कोषाध्यक्ष मा धर्मेन्द्र मण्डल रहने गरि सांस्कृतिक संयोजक भोला पासवान र मिडिया संयोजक मा ललित राय संजीव लाई चयन गरिएको जनाएका हुन । ७ , जनवरी आइतबारको दिन दुबई काे जवील पार्कमा गरिएको पिकनिक सहियको संगठन बिस्तार कार्यक्रमको प्रमुख अतिथिको रुपमा मधेसी एकता समाजका संस्थापक संयोजक डाक्टर रविन्द्र कुमार यादव , विशेष आतिथि निवर्तमान अध्यक्ष कृष्णा ठाकुर र अतिथिहरुमा पूर्व अध्यक्ष वैज्ञानिक मुकेश झा, इकाई का संयोजक डा बॉब्बि सिंह, समाजसेवी फैजल हुसैन , लाल बाबु सिंह, अनिल साह, कविन्द्र यादव, दीपक यादव, गैर आवासीय नेपाली संघ, यु ए ई का महासचिव भुवन रहेको जनाएका हुन । कार्यक्रममा धेरै मधेसीहरुले आफ्ना बिचार राखेका थिए ।कार्यक्रममा वरिष्ठ चिकित्सक डाक्टर रविन्द्र कुमार यादवले मधेशी एकता समाजले संसारभरि फैलिएका मधेशी प्रवासीहरुलाई मधेश हितका लागि एकताको सुत्रमा बाँधेर मधेशको सांकृतिक पहिचान जोगाउन र मधेशमा रहेका कुरीति अन्धविश्वासविरुद्ध लड्न काम गरिरहेको विचार व्यक्त गर्नुभयो । यस्तै मधेशमा शिक्षाको स्तरमा उन्नति, मधेशबाट हुने श्रम आप्रवासनलाई कम जोखिमपूर्ण बनाउन र श्रमिकलाई शिपमूलक तालिम दिई विप्रेषणको गुणवत्ता कायम गर्नेजस्ता कार्यमा एकता समाजले सकारात्मक परिवर्तनको प्रयास गरिरहेको डा. यादवले बताउनुभयो । कार्यक्रममा बक्ताहरुले प्रबासी मधेसी एकता समाजको स्थापना युएई सरकारबाट गोल्डेन भिसा पाउनुभएका पहिलो नेपाली तथा बेलायतमा कार्यरत प्रसिद्ध चित्रकार गोविन्द साह आजाद र नेपालमा सामाजिक क्षेत्रमा कार्यरत डा. बब्बी सिंहको प्रयासले सन् २०२१ मा युएईबाट भएको संगठनको निर्माण सम्बन्धि इतिहास दर्षाएको थियो । साथै मधेशी एकता समाज युएइले मार्च १७ तारीख मा दुबई स्थित होलीकाे पर्वको अवसरमा एक सांस्कृतिक कार्यक्रम गर्ने समेत संगठनको अध्यक्ष गोहिबारले फोन गरि बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...