बिद्यालय ब्यबस्थापन समिती निर्वाचनको लागी अन्तिम नामावली प्रकाशन सँगै चुनाव चिन्ह प्रदान

  • माघ १३, २०८०
  • ६०७२ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ सिरहा ।  बिद्यालय ब्यबस्थापन समिती निर्वाचनको लागी अन्तिम नामावली प्रकाशन सँगै चुनाव चिन्ह प्रदान गरिएको छ । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर २ स्थित श्री जनता माध्यमिक बिद्यालय (प्राबिधिक ) राजपुरको बिद्यालय ब्यबस्थापन समिति छनौटको लागि थालिएको निर्वाचनको लागी कार्यक्रम तालिका अनुसार आज शनिबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन सँगै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ

। बिद्यालय ब्यबस्थापन समिति छनौटको लागि उम्मेदवारि गरेका दस जना उम्मेदवारहरु राम कुमार यादव  (प्रदीप)लाई कलम चिन्ह ,जयनन्दन यादवलाई घडी ,मनिषा यादवलाई रेडियो ,सीता कुमारी पासमानलाई कमलको फुल, भोरिल यादवलाई बस , रामपुकार यादवलाई गाई र देबेन्द्र यादव (रोहित) लाई स्वस्तिक दिप चुनाव चिन्ह प्रदान गरिएको छ भने सुभद्रा कुमारी दासलाई हाती छाप , लिला कुमारी पासमानलाई क्यामरा ,श्रबन यादबलाई कुर्सी , चिन्ह प्रदान गरिएको छ ।

बिद्यालाय ब्यबस्थापन समितीको लागि जम्मा १० जनाको उम्मेदवारी परेको थियो । आज सोही बमोजिम १० जनै उम्मेदवारहरुलाई फरकफरक चुनाव चिन्ह प्रदान गरिएको बिष्णुपुर गाउँपालिका शिक्षा प्रमुख तथा निर्वाचन समिति संयोजक दिप कुमार यादवले जानकारी गराए । यस पश्चात् आइतबार ,सोमबार र मंगलबार तीन दिन चुनाव प्रचारप्रसारको समय दिएको छ भने बुधबार मौन अबधि र बिहिवार मतदान कार्यक्रम रहेको बिद्यालयको प्रधानाध्यापक प्रदिप कुमार यादवले जानकारी गराए ।

विभिन्न सरोकारवालाहरु प्रहरी प्रशासन पत्रकार र भद्रभलादमिहरुको रोहवर तथा शान्तिपुर्ण सहज बाताबरणमा चुनाव चिन्ह गोलाप्रथा द्वारा प्रदान गरिएको थियो भने निर्वाचन अचार संहिता सम्बन्धि शर्तहरुको सम्बन्धमा बिष्णुपुर गाउँपालिका वडा नम्बर २ को अध्यक्ष प्रमोद कुमार यादवले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...