पुर्बी नहरमा सर्भिस रोडको मर्मत सम्भार कार्यमा प्राबिधिक ,ठेकेदार र सिचाइ प्रमुख डि को लापरबाही

  • माघ १५, २०८०
  • ६२८ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ सिरहा । कमला सिचांइ ब्यबस्थापन आयोजना अन्तरगत पुर्बी नहर प्रणाली नहर सर्भिस रोडको मर्मत सम्भार कार्यमा प्राबिधिक र सिचाइ प्रमुख डि सहित ठेकेदारको लापरबाही रहेको स्थानीयको आरोप रहेको छ ।

  कमला सिचाइ ब्यबस्थापन आयोजना अन्तर्गत जानकी निर्माण सेवा लवटोली २ धनुषाको ठेकेदार सौखिया पासमानले पुर्बी नहरको सर्भिस रोडमा सुचारु गरिएको मर्मत सम्भार कार्यमा कमसल र गुणस्तरहिन काम गरेको पाइएपछि यसमा इन्जिनियर ,ओभरसियर ठेकेदार र डि सहितको लापरबाही रहेको स्थानीयको आरोप रहेको हो ।

मुल्य अभिवृद्धि कर बाहेक जानकी निर्माण सेवा द्वारा सुचारु गरिएको १२ लाख ३१ हजार ५ सय ४० रुपैया बराबरको लागतको ग्र्याभेल कार्यमा लापरबाही भएको भन्दै सोमबार बिष्णुपुर गापा १ स्थित नहर सडकमै स्थानीयले चर्को बिरोध गरेका छन । स्थानीयहरुले कमला सिचाइ ब्यबस्थापन कार्यलयले बिकासको बजेट पानी र बालुवामा मिसाई रहेको छ ।

आफुहरु एस्टिमेट बमोजिम गुणस्तरीय काम गर्न आग्रह गरेपनी प्राबिधिक बिद्यानन्द साह र सिचाइ प्रमुख बिरेन्द्र यादव र ठेकेदार सौखिया पासमानको मिलोमतोमा कमसल काम भैरहेको मात्र होइन नहर जलाधार संरक्षणको साटो झन नहर पुरिने काम भैरहेको जनाएका छन । स्थानीयहरुले भने , यति मात्र होइन सिचाई ब्यबस्थापन कार्यलयको कर्मचारीहरुको बिगतको रबैया पनि यस्तै रहेको छ ।

उनिहरुले किसानलाई खेतमा पानीको आवश्यकता भएको बेला उचित सहज सिचाइको सुबिधा ब्यबस्थापन नगरिदिने र बिकासको पैसा कुमल्याउन कमसल कामहरुमा बढी चासो राख्ने यी कर्मचारीहरु भ्रष्ट हो उदाहरण मात्रै देखाएको छु भने । साथै पुर्बी नहर प्रणालीमा जानकी निर्माण सेवा कन्स्ट्रक्सनले गरिरहेको सडक ग्र्याभेल कार्य बिना समन्वय सहकार्य मनोमानी तरिकाले भैरहेको स्थानीय जनप्रतिनिधि गापा अध्यक्ष सत्यनारायण यादव र वडा नम्बर १ को अध्यक्ष भोगेन्द्र प्रसाद यादवले बताए ।

गापा अध्यक्ष र वडा अध्यक्ष यादवले नहर र शाखाहरु हुँदाहुँदै पनि कृषकहरू अकाशे पानीको भरमा बस्नु परेको चिन्ताको बिषय रहेको भन्दै नहरको जग्गा अतिक्रमण गरि बनाइएको घर , टहराहरु समेत खाली गराएर एस्टिमेट बमोजिम कार्य गर्नुपर्ने पटक पटक प्राबिधिक ,डि र ठेकेदारलाई सुझाउँदा सुझाउँदै पनि एस्टिमेट देखाउन पनि आलटाल गर्ने कर्मचारीहरु कार्यशैली बस्तवमा लापरबाही नै हो बताए । स्थानीयहरु सँगै उनी जनप्रतिनिधिहरु पनि एस्टिमेट बमोजिम गुणस्तरीय कार्य गर्न प्राबिधिक र ठेकेदारलाई सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...