प्राबिधिक बिद्यालय राजपुरको साँस खुल्यो

  • माघ २१, २०८०
  • २०५६ पटक पढिएको
  • राम पुकार यादव
alt

बिद्यालय बिकासको साँस भनेको बिद्यालय भित्र रहेको ब्यबस्थापन समिती हो ।  साँस बिना कुनै पनि जिबको परिकल्पना पनि गर्न नसक्ने भएजस्तै यतिखेर शिक्षा क्षेत्र अन्तर्गत बिद्यालय बिकासको निम्ति ब्यबस्थापन समिति भएको हो । कुनै पनि बिद्यालयमा ब्यबस्थापन समिति नभएपछि त्यहाँको सम्पुर्ण कामकाज पठनपाठन ,भौतिक संरचनाको बिकास , गुणस्तरीय शिक्षा , शैक्षिक बाताबरण कायम ,  बालबालिकालाई पढाइको लागी प्रोत्साहित गर्न दिवाखाजा खुवाउने लगायतका अन्य धेरै बिकासका कार्यहरू गर्न कठिन नै भएको हुन्छ । बिद्यालयको लागी एउटा सक्षम ब्यबस्थापन समिति अपरिहार्य नै हुन्छ ।IMG_20240203_144940

जुन बिद्यालय बिकासको साँस हुन । समाजका बुद्धिजीवी ,भद्रभलादमी,समाजसेवी अभिभावक र सम्बन्धित बिद्यालयको प्रधानाध्यापक सहित शिक्षक शिक्षिकाहरु, सरोकारवाला निकायहरू लगायत यहाँको जनप्रतिनिधिहरुको महिनौको कसरतले निर्वाचन प्रक्रिया बाट भएपनि जनता माध्यमिक (प्राबिधिक) राजपुरमा ब्यबस्थापन समितिको लागी सदस्यहरु दिन सफल भएका छन ।

महिनौंको मिहिनेतले शिक्षा तथा बिद्यालयको बिकासको निम्ति ब्यबस्थापन समितिको लागि अभिभावकहरुले दिएका ब्यबस्थापन पक्षका सदस्यहरु बिद्यालय बिकासको साँस नै हुन । साँस बन्द हुनु भएन । यदि साँस बन्द भयो भने बिद्यालयको बिकास कौमामा रहेको बिरामी झैं हुन्छ ।

सहमति जुटन नसकेपछि लोकतान्त्रिक पद्धति चुनावी प्रक्रिया बाट बिद्यालयले ब्यबस्थापन समिती सदस्य पाएपछि जमाबी राजपुरमा अब बिद्यालय बिकासको साँस खुलेको जस्तो महसुस गरेका छन अभिभावकहरु । जुन प्रक्रिया बाट भएपनि यहाँको समाज र अभिभावकहरु एउटा समिति दिएर आफ्नो दोष हटाउँदै निर्दोषिताको प्रमाण पेश गरिसकेका छन ।IMG_20240203_145627

उनी अभिभावकहरु आफ्ना सन्तानले स्तरीय शिक्षा पायोस र सन्तानको सुनौलो भबिष्य निर्माण होस भन्ने भावनामा ओतप्रोत भएका छन । अब पालो बिद्यालयको साँसहरुको जुन साँसहरु बिद्यालयको नवनिर्वाचित ब्यबस्थापन समिति सदस्यहरु हुन । उनिहरुले अब सक्षमता देखाउने पालो बुझी विद्यार्थीहरुले बिगत देखी झेल्दै आएका पठनपाठन सम्बन्धि समस्या , भौतिक संरचनाको समस्या , गुणस्तरीय शिक्षाको लागी देखिएका बाधा अबरोधका समस्या , बिद्यार्थीको अनुपातमा शिक्षकको समस्या , दक्ष र सक्षम उत्पादनको लागि थप सुबिधा र शैक्षिक सामग्रीको उचित ब्यबस्थापनको लागी रहेका त्रुटि कमिकमजोरिहरु जस्ता समस्याहरुलाई सामाधान गरि बिद्यालयको नौलो परिवर्तनकारि बिकास देखाएर स्तरीय बिद्यालयको रुपमा चिनाउने जिम्मेवारी बहन गर्ने आम समाज र अभिभावकहरुको आशा रहेको छ ।

IMG_20240203_145612 यी आशाहरु नवनिर्वाचित ब्यबस्थापन समितिको सदस्यहरु बाट पूरा हुन्छ भने आशा राख्दै "अब बिद्यालय बिकासको साँस खुल्यो" अभिभावकहरुको कथन रहेको छ । बिद्यालयमा हाल पुर्ण समिति नभएपनि नवनिर्वाचित दुई महिला सदस्य सहित चार जना महिला पुरुष सदस्यहरुले शनिबार प्रमाणपत्र ग्रहण गर्दै बिद्यालय बिकासको उन्नति प्रगति समय सिमा सन्दर्भलाई स्पर्श गर्दै आफ्ना धारणा र प्रतिबद्धता व्यक्त गरेका थिए ।IMG_20240203_145551

नवनिर्वाचित चारै सदस्यहरुले बिद्यालयको प्रधानाध्यापक प्रदीप कुमार यादव , बिष्णुपुर गाउँपालिका शिक्षा शाखा प्रमुख तथा बिद्यालय ब्यबस्थापन छनौट सहयोग समिति संयोजक दिप कुमार यादव सहित अन्य उपस्थित भद्रभलादमी ,जनप्रतिनिधि , शिक्षकहरु बाट फुल माला ग्रहण गरि कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरु बाट शब्दसागरले स्वागत तथा कार्यकाल सफलताको शुभकामना पाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...