ठगी आरोपमा चन्द्रमाविका प्रधानाध्यापक कर्ण पक्राउ

  • माघ २३, २०८०
  • ३०८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा,२२ माघ । व्यवसायीलाई ठगी गरेको आरोपमा जिल्ला सदरमुकाम सिरहास्थित रहेका चन्द्र नमूना माध्यमिक (प्राविधिक) विद्यालयका प्राधानाध्यापक मधुसुदन कर्णलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्सका संचालक सिरहा नगरपालिका–८ निवासी रोशन कुमार यादवले उच्च अदालत जनकपुर, राजविराजमा दायर गरेको ठगी मुदाको सुनुवाईको आधारमा प्रहरीले प्रधानाध्यापक कर्णलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक रविन्द्रराज पाण्डेले बताए । ‘अदालतको आदेश अनुसार प्रअ कर्णलाई पक्राउ गरिएको हो,’उनले भने,‘पक्राउ पछि पहिलो चरणमा अदालतबाटै सात दिनको म्याद थप गराइएको छ ।’ उनका अनुसार कानून बमोजिम कारवाहीका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाइने छन् । विद्यालयको भौतिक निर्माणका लागि सिरहा बजारमा रहेको नेपाल आयरन स्टोर्स एण्ड जनरल सप्लायर्सबाट सिमेन्ट, छड, तार, रंग तथा निर्माणमा उपयोग हुने अन्य सरसमान लिई भुक्तानी दिन आलटाल गर्दै आएको आरोप लागेको थियो । पसल संचालक रोशन कुमार यादवका अनुसार पटक पटक गरी १७ लाख ४ हजार ५ सय ८१ पैसा ४ बरावरको बील लिई चन्द्रमाविका प्रअ कर्णले भुक्तानी दिन आलटाल गर्दै आएको थियो । ‘पैसा पाउन विद्यालयमा बर्षौ धाए । दिएको समान वापतको पैसा पाउछु भनेर कैऔ पटक विद्यालयमा गए । कैऔ दिन बित्यो । विद्यालयमा बस्दा कैऔ दिन भोकै बसे,’उनले भने,‘धेरै प्रयास पछि समान अनुसारको विल पाएको भनी पत्र दिएपनि भुक्तानी भने दिएन् ।’ भुक्तानी पाउन विद्यालयमा कैऔ पटक मौखिक र  लिखित रुपमा दिएको निवेदनलाई बेवास्ता गर्न थालेपछि अदालती प्रक्रियामा गएको उनले थपे । माग बमोजिम २०७४ साल देखि पटक पटक विभिन्न निर्माण सामग्री दिए अनुरुप चन्द्रमाविमा सोको बिल दिएको बताउदै उनले भने,‘चन्द्रमाविमा पेश गरिएको बिलको भ्याट समेत तिरेर दोहरो मारमा परेको छु ।’ व्यापार घाटा भइरहदा भुक्तानीका लागि विभिन्न निकायसँग समन्वय गर्दा र धेरै हारगुहार मागेपनि कुनै वास्ता नगरेको उनले दुखेसो पोख्दै भने,‘न्याय मरेको छैन् भन्ने विश्वासका साथ अदालती प्रक्रियामा गएको छु । न्याय पाउछु भन्ने पूर्ण विश्वास छ 

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...