पत्रकारलाई कुटपिट गर्ने दोषीलाई तत्काल कार्यबाही होस : पत्रकार महासँघ अध्यक्ष प्रेमचन्द्र झा

  • माघ २३, २०८०
  • ४८९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रौतहट : रौतहटमा समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट भएको छ। जिल्लाको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिमा समाचार संकलन गर्न गएका पत्रकारलाई कुटपिट गरिएको हो। किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएपछि किसानहरुले आन्दोलन गरेका थिए। किसानहरुले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले कुटपिट गरेका हुन्। कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिका सञ्चालककै मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। पत्रकार तिवारीको मोबाइल र क्यामरासमेत मिल सञ्चालकले खोसेर लगेका बताइएको छ। घाइते तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्। तिवारीसँगै रहेका अर्का पत्रकार धीरज यादवको समेत मोबाइल र क्यामेरा खोसिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...