अस्पतालको स्तरोन्नतिको लागि प्रदेश सरकार सदैव तयार : मन्त्री सिंह

  • चैत १५, २०८०
  • ९३२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मनोज बनैता / सिराहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल स्तरोन्नतिको लागि प्रदेश सरकार सदैव तयार रहेको बताएका छन् । स्वास्थ्य मन्त्रीको जिम्मेवारि पाए लगत्तै लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहानको निरीक्षणको क्रममा उनले सो बताएका हुन । बुधबार अस्पतालमा हेल्पिङ हार्ट र हेल्पिङ ह्याण्डद्वारा सहयोग गरिएको ४८ लाख बराबरको स्वास्थ सामग्री मन्त्री सिंहले मेसु सुनिल कुशवाहालाई हस्तान्तरण गरेका छन् । दातृ संस्थाले जम्मा १४४ प्रकारका उपकरण सहयोग गरेको बुझिएको छ। हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले भने, ' प्रदेश सरकार जनताको स्वास्थ प्रती निकै गम्भीर रहेको छ। प्रदेश सरकारद्वारा हालसम्म गरिएको सकारात्मक कामहरूलाई निरन्तरता दिईनेछ। साथै नयाँ कामहरूको थालनी पनि गरिनेछ।' मन्त्री सिंहले अस्पतालको जग्गा नामसारी प्रक्रियामा रहेका बाधा छिट्टै फुकाउने प्रतिबद्धता जाहेर गरेका छन् । अस्पताल निरीक्षणको क्रममा मन्त्री सिंहले बिरामी संग भेटघाट गरि अस्पतालको सेवा प्रवाह सम्बन्धि सोधखोज गरेका थिए। उनले कुनै गुनासो भए मलाई सिधा सम्पर्क गर्न भनेका थिए । मन्त्री सिंहले अस्पतालका कर्मचारीलाई इमानदारी पुर्वक सेवा दिन सुझाव दिए। ढिलासुस्ती गर्नेलाई कार्यवाही समेत हुने चेतावनी दिए। मन्त्री सिंहको स्वागत अस्पतालका मेसु सुनिल कुशवाहाले गरेका थिए । कार्यक्रममा उपस्थित प्रदेश सभा सदस्य माननीय राज कुमार गुप्ता, प्रदेश सभा सदस्य माननीय ललिता दास, जिल्ला समन्वय समिति प्रमुख दिनेश महतो, लाहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतोलगायतले मन्त्रीलाई अस्पतालका बिकासका लागि सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...