प्रदेश नम्बर २ मा ६६ टरवाइन हेलिकप्टरबाट बालविवाह

  • मंसिर ८, २०७६
  • १०१२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश नम्बर २ को धनुषाको कमला नगरपालिकामा हेलिकप्टर चार्टर्ड गरी बालविवाह भएको छ।
 
शनिबार कमला नगरपालिका वडा नम्बर -४ बल्हा सघारामा भर्खरै काटिएको धानबारीमा हेलिकप्टर रोकियो।
 
प्रभु एअरको आर ६६ टरवाइन हेलिकप्टरबाट १८ वर्षका दुलाहा किशोर सम्साद सबैभन्दा अगाडि निस्किए। हेलिकप्टरमा दुलहाका बाबु र अरू दुई जना जन्ती पनि थिए। निजी विद्यालय सञ्चालक बल्हासघाराका सतार कवारी आफ्ना १६ वर्षीया छोरी सबनमको विवाह अरूले थाहा नपाऊन् भनेरै ज्वाइँसहित जन्तीलाई हेलिकप्टरमा चार्टर गरेर घरमा ल्याएका थिए।
 
बिहे सकेर दुलहा-दुलही बोकेर बेलुकी ४ बजे सिरहा खुसीपुर नगरपालिका लर्कन्हाका लागि उड्यो। यो विवाह तामझामले भए पनि सुरक्षा निकाय भने मौन रहे।
 
विवाहमा वडाध्यक्ष पल्टु कबारी, बल्हा प्रहरी चौकी इञ्चार्ज असई गणेश दनुवार, दुब्बरकोट सशस्त्र प्रहरी वेस क्याम्पका हवल्दार रञ्जित दनुवार पनि उपस्थित थिए।
 
उनीहरूले १६ वर्षीया दुलहीको विवाह भइराखे पनि रोक्ने प्रयास गरेनन्।
 
बालविवाहमा तपाईं किन साक्षी बस्नुभएको भन्ने सेतोपाटीको प्रश्नमा वडाध्यक्ष पल्टु कबारीले भने, ‘मलाई के थाहा यो बाल बिहे भन्ने? म सबैको जन्मदर्ता हेर्दै हिडुँ? गाउँमा हुने बिहेमा निम्ता आयो, गएँ, भोज खाएर फर्किएँ।’
 
दुलहा किशोर सम्साद जनकपुरको मोडेल मल्टिपल कलेजबाट १२ कक्षाको परीक्षा दिएका छन्। दुलही गाउँकै विद्यालयमा कक्षा १० मा पढ्दै थिइन्।
 
प्रहरी चौकीका प्रमुख दनुवारले दुलही बुर्कामा रहेकाले उमेर कति भन्ने अनुमान लगाउन नसकिएको बताए।
 
‘गाउँमा हेलिकप्टर आएपछि भीड हुने भएर सुरक्षाका लागि पुगेका थियौं’ उनले भने।
 
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले २० वर्षमुनि कुनै बहानामा विवाह गर्न र गराउने हक कसैको नरहेको बताए।
 
‘बालविवाह भएको रहेछ भने पक्राउ गरी कारबाही गर्छौं’ उनले भने।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...