विद्यार्थी भर्ना अभियान २०८१ सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सप्पन्न

  • वैशाख ५, २०८१
  • ६३३ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चितता" भन्ने नारा सहित सिरहाको बिष्णुपुर गाउँपालिकामा विद्यार्थी भर्ना अभियान २०८१ सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

समाजका सबै समुदायका हरेक विद्यार्थीको सहभागिता विद्यालयमा होस भन्ने प्रतिबद्धता सहित गुणस्तरीय शिक्षा प्राप्तिको अधिकारलाई शुनिश्चितता हुने गरि बिष्णुपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बिष्णुपुर सिरहाको आयोजनामा विद्यार्थी भर्ना अभियान २०८१ अभिमुखिकरण कार्यक्रम गरि सप्पन्न गरिएको हो ।

कार्यक्रममा विभिन्न शिक्षक सरोकारवालाहरुले आफ्ना बिचार राखेका थिए । कार्यक्रममा विभिन्न तहका शिक्षक सरोकारवालाहरुले आफ्ना बिचार व्यक्त गर्दै शिक्षा सुधारको लागि शिक्षामा राखिएको बजेट कटौती नगर्न पालिकालाई आग्रह गरेका थिए । शिक्षा विना सबथोक निरर्थक रहेको भन्दै बरु यसको बिकासको लागि थप बजेट उपलब्ध गराउन मात्रै होइन विद्यार्थीको अनुपातमा शिक्षक संख्या कम रहेको विद्यालयहरु लगायत खाली पदहरुमा तत्कालै बिज्ञापन गरि पदपूर्ति गर्न शिक्षक सरोकारवालाहरुले माँग गरिएको थियो ।

बिष्णुपुर गाउँपालिका भित्र रहेको १४ वटा सामुदायिक र ९ वटा संस्थागत विद्यालयहरुको शिक्षक तथा शिक्षक प्रतिनिधि लगायत जनप्रतिनिधिहरु बीच गरिएको अभिमुखिकरण कार्यक्रममा विद्यालयहरुमा मापदण्ड विपरीत भएको विद्यार्थी भर्ना पनि शिक्षा सुधारको बाधक रहेको वडा जनप्रतिनिधिहरुको तर्क रहेको थियो । वडा जनप्रतिनिधिहरुले भने , एउटै विद्यार्थी संस्थागतमा पनि नाम लेखाइ पढने र सामुदायिक विद्यालयमा पनि नाम दर्ता गराएर राख्ने पाराले पनि शिक्षा अन्योलमा रहेको बताए । शिक्षामा सुधारको लागि एउटै विद्यार्थीको ईमिस दुई ठाउँमा हुनुहुदैन ।

सरोकारवाला निकाय सँग उनिहरुको माँग रहेको थियो। कार्यक्रममा शिक्षा शाखा प्रमुख दिप कुमार यादव र पालिका अध्यक्ष सत्यनारायण यादवले बोल्दै शैक्षिक गुणस्तरीयता तथा शिक्षा सुधारको सवालमा आफुहरु संवेदनशिल रहेको बताए  ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...