नेपाल पत्रकार महासंघ सिराहा शाखाको साधारण सभा सम्पन्न

  • वैशाख १४, २०८१
  • ५०६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा सम्पन्न भएको छ । लहानको माखन भोग होटलको सभा हलमा आयोजित साधारण सभामा केन्द्रिय प्रतिनिधि , प्रादेशिक प्रतिनिधि लगायत जिल्ला भरिका पत्रकारहरुको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सचिव दीपेन्द्र चौहान ,बिशिस्ट अतिथि केसी लामिछाने ,प्रेस काउन्सिल नेपाल् पुर्ब सदस्य चन्द्रदेब कामती ,प्रदेश सचिव श्याम बन्जारा ,पुर्ब केन्द्रिय सदस्य देब कुमार यादव ,पुर्ब सभापति दिनेश्वर प्रसाद गुप्ता , सिरहाका वरिष्ट पत्रकार डाक्टर जय नारायण यादव लगायत जिल्लाका विभिन्न मिडियामा सक्रिय पत्रकारहरुको उपस्थिति रहेको साधारण सभामा उपस्थित प्रमुख अतिथि लगायत अथिति गणलाई स्वागत आकाश गंगा टेलिभिजनका सञ्जय यादवले गर्नु भएको थियो । कार्यक्रममा सिराहा शाखाका सचिव शिवदयाल यादवले शाखाका तर्फबाट प्रतिवेदन पेस गरेका थिए भने कोषा अध्यक्ष वीरेन्द्र नेपालले समेत आफ्ना भनाई राखेका थिए । औपचारिक रूपमा आयोजित कार्यक्रममा पत्रकारहरुलाई आ आफ्ना मनका कुरा राख्नका लागि माइकसहित समय उपलब्ध गराइएको थियो । सहभागी पत्रकारहरुलाई उपलब्ध गराइएको समय सीमाभित्र पत्रकारहरुले आफ्ना जिज्ञासा राखेका थिए । कार्यक्रममा पत्रकारहरुको जिज्ञासाहरुलाई प्रमुख अतिथि गण लगायतले जबाफ दिएका थिए । कार्यक्रमको समापन गर्दै साखा अध्यक्ष मनोज बनैताले सहभागी सबैलाई प्रेस लिखित टी शर्ट वितरण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...