काभ्रे महादेव मन्दिर जीर्ण बन्दै

  • असार १, २०८१
  • २४४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । आषाढ १ । उदयपुर जिल्लामा रहेको काभ्रेपानी पूर्व पश्चिम राजमार्ग अर्थात् महेन्द्र हाई वे देखि करिब १७ किलोमीटर उत्तरमा अवस्थित एउटा प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण मनोरम वातावरण भएको सलहेस फेदको महादेव स्थान हो । उदयपुरगढी गाउँपालिका वडा नं ६ मा रहेको काभ्रेपानी स्थित महादेव स्थान नेपालटार सडकको पछिम छेउमा अवस्थित धार्मिक पर्यटकीय स्थल मध्येको एक हो । मन्दिर परिसरमा यतिबेला रहेको घर टहरामा खिया लागेको अवस्था छ भने अर्कोतिर बनाइएको घरको भित्ता भत्किन थालेका छन् । मन्दिर परिसरमा रहेको मन्दिरहरुमा ढोका छैन भने मुख्य गेट समेत अलपत्र अवस्थामा रहेको छ । गेटमा राखिएको व्यानर च्यातिएको अवस्था छ । मन्दिरको वरिपरिमा हालसम्म वाल लगाउन सकिएको छैन भने संरक्षणको प्रतिक्षामा रहेको मन्दिरको स्तरउन्नतिको लागि निकाय मौन दर्शक बनेको छ । सिराहा,सप्तरी ,उदयपुर लगायतका जिल्लाहरूबाट साउन महिनामा उल्लेखनीय संख्यामा भक्तजनहरुको घुइचो लाग्ने यस ठाउँको बृहत्तर विकाश आजको आवश्यकता हो । साउन महिनामा चुरेको मनोरम जंगल क्षेत्रमा भक्तजनहरू रातभर जाग्राम बसेर नाचगान गर्ने गर्दछन् । यहाँ रहेका प्रतिक्षालयहरू र सर्वसाधारणहरुको घरमा समेत साउन महिनामा तीर्थालुहरू र भक्तजनहरू आउने जाने क्रम जारी रहन्छ । साउन महिनामा काभ्रेपानी अर्थात् महादेवस्थान क्षेत्र भजनकीर्तन र नाचगानले गुञ्जयमान हुने गर्दछ । धार्मिक, सांस्कृतिक तथा पर्यटकिय स्थलको रुपमा रहेको काभ्रेपानी स्थित महादेव मन्दिरको संग्रह विकाशप्रति आम सबैको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...