‘नेपाल–भारत सीमा खुल्ला रुपमै वैज्ञानिक तिरकाले व्यवस्थापन गर्नु आवश्यक - राजीव झा

  • असार २, २०८१
  • २८८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 जनकपुरधाम, जेठ  । नेपाल भारत सीमा दुई देशको सम्बन्ध सुमधुर यथावत राख्न वैज्ञानिक तिरकाले व्यवस्थापन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल भारत खुल्ला सीमा संवाद समूह सिरहाले बिहीबार सिरहामा आयोजना गरेको नेपाल भारत खुल्ला सीमा सुमधुर सम्बन्धको आधारशिला विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सीमा थप व्यवस्थापन गर्नुपर्ने बताएका छन् । संवाद समूहका केन्द्रय अध्यक्ष राजिव झाले खुल्ला सीमामा पछिल्लो समय चेकजाँचको नाममा सर्वसाधारणलाई दुबै देशका सुरक्षकर्मीबाट दुव्र्यबहार झेल्नु परेको बताए । उनले भारतीय सुरक्षाकर्मी एसएसबी र नेपाली सुरक्षाकर्मी सशस्त्र प्रहरीको यस्ता कार्यले सदियौंदेखिको रोटीबेटीको सम्बन्ध दरार पैदा हुँदै गएको तर्क गरे । ‘खुल्ला सीमाले हुने तस्करी, लागूऔषध ओसारपसार, अपराध प्रहरी प्रशासनले नै नियन्त्रण गर्न सक्छन् । तर त्यता तिर ध्यान दिँदैन । तस्करलाई रोक्न सक्दैन । तर त्यसको नाममा दुबै देशका आमसर्वसाधरणलाई अनावश्क दुःख दिने काम बढेको छ । यसले दुबै देशको सदियौंको सम्बन्धमा दरार पैदा भइरहेको छ’ दुबै देशका सरकारले सुरक्षा निकायमा जनतासित राम्रो व्यवबहार गर्न निर्देशन दिनुपर्ने उनले बताए । सीमामा अपराध तस्करी रोक्न तारजाली गर्नु समस्याको समाधान नरहेको भन्दै खुल्ला राखेर पनि वैज्ञानिक पद्धति अपनाएर व्यवस्थित गर्न सके दुबै देशको सम्बन्ध प्रगाढ भइराख्ने उनको तर्क छ । देशमा आर्थिक संकट भएको बेला १ हजार ७५१ किलोमिटर खुल्ला सीमामा तार जाली गर्नु उचित नहुने उनले बताए । भारत कम्युनिष्ट पार्टी मालेका नेता भुषण सिंहले खुल्ला सीमा व्यवस्थपनको लागि अभियान चलाउनु पर्नेमा जोड दिए । सीमा सुदृढिकरण नभए अपराध मौलाउँदै जाने र सुरक्षाकर्मीको व्यबहारले सम्बन्धमा थप तिक्तता हुने उनको भनाइ थियो । बरिस्ठ पत्रकार ललित झाले आफ्नो नानी गाउँ आउन जान पनि अपमान झेल्नु पर्ने र टेक्स तिर्नु पर्ने जस्ता राज्य संग प्रस्न गर्नु भयो। सिरहाका प्रबुद्ध नागरिक समाजका अगुवा डा. रामप्रताप यादव सीमा सम्बन्धी कानुन नीति सुधार आवश्यक रहेको बताए । दुबै देशले राष्ट्रियता बचाएर तस्करी, अपराध न्यूनिकरण गर्दै सुमधुर सम्बन्ध अनुकुल बनाउनु पर्ने बिचार उनले व्यक्त गरे । प्रोफेसर चन्देश्वर प्रसाद यादवले अपराध न्युनिकरणको विषयमा बिचार गर्दै खुल्ला सीमा विषयमा मन्थन गर्नुपर्ने अवश्यक्ता रहेको बताए ।कार्यक्रम मा संस्थाका सचिब अनिल सिंह,मधेस प्रदेश सह संयोजक दिपक यादव,जयनगर चेम्बर अफ कमर्स को सचिब अनिल बरौलिया,बिस्णु बाबू सिंह राम किशोर महतो लगायतले बोल्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...