यात्रीबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु दर्जनौँ घाइते

  • असार ६, २०८१
  • ३०० पटक पढिएको
  • Pradesh Times
alt

बरहथवा (सर्लाही) । पूर्वपश्चिम राजमार्ग, बागमती नगरपालिकास्थित रायमाझी चोकमा रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको यात्रुबस बिहीबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले उनीहरुलाई घटनालगत्तै उद्धार गरी हरिवनस्थित नमूना अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए । बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...