अव्यवस्थित बिद्यालय संरचनाले माबि गौरिपुरको बालबालिकाको ज्यान जोखिममा

  • असार ७, २०८१
  • ६९५ पटक पढिएको
  • Pradesh Times Dainik
alt

 राम पुकार यादव /सिरहा । अव्यवस्थित बिद्यालय संरचनाले बालबालिकाको ज्यान जोखिममा देखिएका छन । बिहिवार सिरहाको बिष्णुपुर गाउँपालिका स्थित श्री जनता माध्यमिक बिद्यालय गौरिपुरका एक बालकको अव्यवस्थित संरचनाकै कारण ज्यान जोखिममा देखिएको हो । पुरानो भवन भत्काएपछी नयाँ भबन बनाउनुपर्ने हो तर नयाँ त के पुरानै भत्किएको संरचना ब्यबस्थित नभएपछि सानातिना विद्यार्थी बालबालिका चौरमा खेल्न गएकै बेला रडले घोचिएर सख्त घाइते भइ ज्यान जोखिममा परेका हुन । गौरीपुरका एक अभिभावकले बताए । अभिभावकले भन्ने घर बाट हामी स्याहार गरि बालबालिकालाई स्कुल पठाउँछौ स्कुलमा अबोध बालबालिकालाई अनावश्यक बिना समय खेलधुप गर्न बाट जोगाउने जिम्मेवारी कसको ? उहाँले बिद्यालयको प्रमुखले यसको जिम्मेवारी लिनुपर्ने बताए । पालिका अध्यक्ष सत्यनारायण यादवले पुरानो संरचना भत्काएर नयाँ संरचना बनानुपर्ने भनेका थिए । सोही बमोजिम आफू पुरानो संरचना मजदुर लगाइ भत्काउन लगाए । भत्काउन त भत्काए तर सोको समयमा ब्यबस्थापन हुन नसकेपछि यश बाट समस्याहरू उत्पन्न भैरहेको बिद्यालयको प्रधानाध्यापक प्रलाद यादवले बताए । यादवले भने संरचना भत्काइए पनि हाल सम्म नयाँ भवन बनाउने केही सुनिश्चितता देखिएको छैन । म के गर्नु अब ।तर उनले तत्काल यसको ब्यबस्थापन बिद्यालय बाटै गराउने छु भन्ने कुनै निर्णयमा रहेको भनेन । घाइते बालक उपचार गराएर हाल घरमा छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...