अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्ममाथि गोली प्रहार

  • असार ३०, २०८१
  • ३६१ पटक पढिएको
  • Pradesh Times
alt

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेन्सलभिनिया राज्यको एक राजनीतिक भेलामा सहभागी भएका बेला गोली प्रहार गरिएको छ । गोली ट्रम्पको कानमा लागेको छ ।

ट्रम्पमाथि गोली प्रहार गर्ने बन्दुकधारीलाई गोप्य सेवाका सदस्यले गरेको कारवाहीका क्रममा मृत्यु भइसकेको छ । ट्रम्ममाथि बटलर पेन्सलभेनियामा भएको कार्यक्रममा हत्याको प्रयास भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

बन्दुकधारीलाई गोली हान्ने क्रममा अर्का एक मानिसको पनि मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीका अनुसार घटनामा अर्का एक मानिस समेत गम्भीर घाइते भएका छन् ।

कार्यक्रमका एक प्रत्यक्षदर्शीले गोली चल्नु अघि राइफल बोकेका एक मानिस नजिकैको छतमा देखेको बताएका छन् ।

सार्वजनिक भएको भिडियोमा गोली लागेपछि ट्रम्प भुइमा खसेको र अनुहार रगतले लतपतिएको देखिन्छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...