अर्थतन्त्रमा फेरि मन्दीको संकेत

  • असार ३०, २०८१
  • ३६२ पटक पढिएको
  • Pradesh Times
alt

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा फेरि मन्दी फस्ने त्रास बढ्दै गएको छ। कोरोना महामारी सुरु भएयता यो वर्ष जुनमा अमेरिकामा सर्भिस एक्टिभिटीमा तीव्र गिरावट आएको छ।

अमेरिकाको आईएसएम सर्भिस पीएमआई इन्डेक्स गत महिना ५ अंकले झरेर ४८.८ को विन्दुमा पुगेको छ। यो ५२.५ को विन्दुमा हुने अपेक्षा गरिएको थियो। बिजनेस एक्टिभिटी इन्डेक्समा आएको गिरावटका कारण यस्तो भएको हो। यो इन्डेक्स जुनमा ११.६ अंकले घटेर अप्रिल २०२० यताकै न्यून स्तरमा झरेको छ। पछिल्लो ३० वर्षमा सर्भिस एक्टिभिटीमा यस्तो गिरावट मन्दीको समयमा मात्रै देखिएको छ।

त्यसैगरी सन् २०२२ पछि पहिलोपटक नयाँ अर्डर घटेका छन्। विज्ञहरु यो मन्दीको संकेत हुन सक्ने आँकलन गर्छन्। अमेरिकाको श्रम बजार पनि कमजोर देखिएको छ। अमेरिकाले कोरोनाको समयमा प्रोत्साहन दिएको थियो तर अहिले यसको प्रभाव कम हुँदै गएको देखिन्छ।

यसैबीच पछिल्लो २० महिनामा अमेरिकाको मेन्युफ्क्चरिङ सेक्टर १९ गुणाले घटेको छ। यो महामन्दीपछिको सबैभन्दा बढी हो। विगतमा सर्भिस र मेन्युफ्याक्चरिङ इन्डेक्सहरु मन्दीको समयमा मात्र घटेका थिए। यसबाट स्पष्ट हुन्छ कि अमेरिकी अर्थतन्त्र तीव्रगतिमा घट्दै गएको छ। जुन मन्दीको संकेत हो।

अर्कोतर्फ अमेरिकी सरकारको खर्च मे महिनामा ६.५ ट्रिलियन डलर पुगेको छ भने बजेट घाटा जीडीपीको ६.२ प्रतिशत पुगेको छ। यो ठूलो आर्थिक संकटमा मात्र हुने गर्छ।

अमेरिकाको ऋणले नयाँ रेकर्ड कायम गरेको छ। अप्रिलको तथ्यांकअनुसार संघीय सरकारको ऋण ३४.६ बिलियन डलर पुगेको छ। जुन कुल गार्हस्थ उत्पादन (जीडीपी)को १२५ प्रतिशत हो। पछिल्लो ४ वर्षमा अमेरिकाको ऋण ४७ प्रतिशतले बढेको छ। प्रत्येक करदातासँग करिब २ लाख ६७ हजार डलर ऋण छ। यो गति कायम रहेमा सन् २०२५ सम्ममा अमेरिकाको ऋण ४० खर्ब रुपैयाँ पुग्ने अनुमान छ।

यदि फेडरल रिजर्भले ब्याजदर घटाउँदैन भने अमेरिकाले यो ऋणको ब्याजमा वार्षिक १.६ ट्रिलियन डलर तिर्नुपर्ने हुन्छ। यस वर्ष पहिलोपटक अमेरिकी सरकारको ब्याज भुक्तानी रक्षा बजेट र मेडिकेयर खर्चभन्दा बढी हुने अनुमान गरिएको छ। –एजेन्सी insurancekhabar

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...