सिरहामा लागू औषध सहित दुई पक्राउ

  • असार ३०, २०८१
  • ४९४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

ओम प्रकाश यादव लहान ३० असार । सिरहा जिल्लाको दक्षिणी सिमावर्ति क्षेत्र झाझँपट्टीबाट लागु औषधसहित दुई जना पक्राउ परेको छ प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका ५, झाझँपट्टीबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । सिरहाको सखुवानान्नकारकट्टी गाउँपालिका–१ बस्ने २६ वर्षीय सुरेश कुमार चौधरी र २८ वर्षीय दिनेश कुमार चौधरी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय झाझँपट्टी र वि.ओ.पि. नवराजपुरबाट खटीएको संयुक्त चेक पोइन्ट टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको स७प ७८९९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक सुरेश कुमार चौधरीले शरिरमा लुकाई छिपाई राखिएको Diazepam Injection 2ml को २५ पिस, Promethazic hydrochloride Injection 2ml को २५ पिस र नाम उल्लेख नभएको 2ml को २५ पिस फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्ति सापकोटाले जानकारी दिए । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...