राज्यले चिन्न नसकेको हिरा संगित शास्त्रीय गुरुदेव कामत"

  • साउन १७, २०८१
  • ३२९ पटक पढिएको
  • राम पुकार यादव
alt

"राज्यले चिन्न नसकेको संगितको हिरा गुरुदेव कामत"

आर्थिक अभावमै सदैव संघर्ष गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रख्यात भए उहाँ । देश र जनतालाई आफ्ना काला कौशल शास्त्रीय संगितको माध्यमले चिनाए । आज उनै हिराको मुल्य सम्झी दिएन राज्यले । आर्थिक अभावकै कारण सफल उपचार गराउन नसकिएपछी उहाँको मृत्यु भएको खबर सूनिन्छ । शास्त्रीय संगित र काला कौशलको धरोहर मधेस र देशकै गहनाको रुपमा रहेको कुशल ब्यक्तित्व गुरुदेव कामतको निधनले मैथिली जगत र नेपाली संगित क्षेत्रमा उदासिनता छाएको छ । देश र मधेसकै लागी ठूलो क्षती भएको छ । पैसा अभाकै कारण देशको धरोहरहरु मरिनु दु:खद कुरो हो । अनावश्यक रुपमा राज्यको ढुकुटी बर्बाद नभएको भन्न जनतालाई गाह्रो महसुस भइरहेको बेला आफ्नै दक्ष जनशक्ति ,कुशल ब्यक्तित्व, हरेक बिद्याका बिभुतीहरुमा लगानी गर्न सरकारलाई केको लाज प्रश्न हरेक नेपालीको मनमा मेघ गर्जन जस्तै अवाज दिरहेको छ । दैबिक प्रकोप, प्राकृति प्रकोप आदि इत्यादि को कारणले पनि देशमा मानवीय क्षती हुँदै आएको छ । त्यसमा पनि एकमा एक अस्पताल र डक्टरहरुको ब्यबस्था हुँदाहुँदै पनि आर्थिक अभावकै कारण मान्छे मरिनुपर्ने अबस्था कहिले सम्म सरकार ? राज्य उदारदायी र जबाफदेहि बनोस् । आज सिरहाका एक धरोहर संगित शास्त्रीय गुरुदेव कामतको आर्थिक र उपचार अभावको कारण अकालमै मृत्यु भएको छ । उहाँ जस्तै अरु मुल्यवान हिराहरु समाज र देश बाट न गुमोस । यसको लागी राज्य र सरकारले स् संबेदनसिल होस ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...