सिरहामा सुन चाँदीको गर-गहना सहित एक जना पक्राउ

  • भदौ ३, २०८१
  • ३६२ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा/  सिरहामा सुन चाँदीको गर-गहना, पोते मोती माला सहित एक जना पक्राउ परेको छ । सुनचाँदीको गरगहना सहित पाँचथर जिल्लाको आरूबोटे नगरपालिका वडा नं.०५ स्थायी घर बजघारा हाल जिल्ला झापा दमक स्थित एक घरमा डेरा गरी बस्ने अन्दाजी वर्ष २८ को रोशन बराईलीलाई प्रहरीले सिरहा बाट पक्राउ गरेका हुन । सुनचाँदीको गरगहना सहित बराइलिलाई जिल्ला प्रहरी सिरहा बाट बरिस्ठ प्रहरी हवलदार सिताशरण रायको कमाण्डमा खटिएको QRT टोलिले सिरहाको महिशोथा ग्रामीण सडक खण्डमा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी सिरहाका एसपी रमेश पंडितले बताएका हुन । पक्राउ परेको बराइली सिरहा बाट चोहर्वा तर्फ प्रदेश १-०१-०१४प ४६२५ नं. को मोटरसाईकल चलाई जाँदै थियो । शंका लागि चेकजाँच गर्दा निजले बोकेको पछाडीको कालो झोलामा बिल बिजक बिनाको सेतो चाँदी र पहेँलो सुनको विभिन्न गरगहनाहरु बरामद भएको प्रहरीले जानकारी गराए । बरामद गरेको चाँदी जस्तो देखिने धातुको गर-गहनाहरु बाला-६४ थान , ब्रासलेट-११ थान , चुरा २९ थान , रड १ थान र सुन जस्तो देखिने पहेलो धातु‌को गर-गहनाहरु हरियो पोतेमा जडित माला-१८ थान , रातो पोतेमा जडित माला ३० थान , सेतो मोती मालामा जडित-५ थान , खुल्ला चन्द्रमा -६ थान , पोतेमा जडित चक्र-८ थान , पोतेमा जडित मंगलसुत्र -१ थान रहेको जिल्ला प्रहरी सिरहाले जनाएका हुन

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...