रोजगारीको लागी मलेशिया पुगेका राजपुरको रुपेश घर कहिले फर्किने अशामा परिवारजन ,रुपेश नेपाली साथिबाटै मलेशियामा मारिए

  • भदौ २०, २०८१
  • ११२८ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा:: रुपेश यादव जो घरकै मेरुदण्ड थियो । उसकै भरमा घरपरिवारको जोहो चल्थ्यो । २४ बर्षको कलिलै उमेर थियो रुपेशको । सिरहाको बिष्णुपुर गाउँपालिका वडा २ राजपुरमा बस्ने रुपेश एक होनहार र घरपरिवारको स्तम्भ नै थियो । गाउँमै शिक्षादिक्षा हासिल गरेको उसले एक देखी कक्षा १० सम्म गाउँमै रहेको जनता माध्यमिक विद्यालाय राजपुरमा अध्यन गरेको थियो । घरायसी आर्थिक अबस्था सबल नरहेको कारण परिवारिक जोहो जोर्न रोजगारीको लागि बिदेशीए FB_IMG_1725369707902 । राहदानी पासपोर्ट बनाएर उनले मलेशिया पुगे । मलेशियाको एक कम्पनीमा इमानदारीत र मिहिनेतले काम गरिरहेको रुपेशलाई त्यसै कम्पनीमा गार्डको काम गर्ने एक नेपालीकै समुहले चक्कु प्रहार गरि विभत्स हत्या गरे । उसलाई त्यस कम्पनीमा काम गर्ने नेपाली मिलन गुरुङको समुहले हत्या गरेको खुलिएको हो ।FB_IMG_1725369690930 रोजगारीको लागी बिदेशीएका राजपुरको रुपेश सदाको लागी त्यहि अस्ताए । आज स्व. रुपेशको परिवार छतविछत भएको छ । घरपरिवारको लालनपालनकर्ताको रुपमा रहेको रुपेशलाई मलेशियामा उ सँगैको साथिले हत्या गरेको खबर सुनिएपछि परिवारजन यतिखेर शोकमा डुबेको छ । परिवारको समस्या कसले हेर्ने भन्ने चिन्ता त छदैछन उनिहरुमा उता हप्तौं दिन बिति सक्दा पनि आफ्नो छोरोको मरेको मुखपनि हेर्न पाउने कि नपाउने भन्दै संस्कारको लागि लाशको खोजिमा छन उनिहरु । देश त देश बिदेशमा पनि नेपाली नेपालि बाटै असुरक्षीत कहिले सम्म ? मलेशियाबाट छोरो रुपेशको शब यथाशिघ्र झिकाउन सरकारको कडा पहल र उचित न्याय, दोषी हत्यारालाई कडा दन्डको ब्यबस्था सहित क्षतिपूर्तिको माँग गर्दै प्रतिक्षारत छन रुपेशको परिवारजन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...