बेपत्ता भएको महिनाैँ हुँदा समेत भेटिएन कल्याणपुरका अरूण, खाेजी कार्यमा प्रशासनको उदासीनता पीडित परिवारकाे पिडा कसले बुझ्ने?

  • भदौ २०, २०८१
  • ११४८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिराहा जिल्लाको कल्याणपुर नगरपालिका -३ ईटारी प्रसाही स्थायी ठेगाना भएको अरूण कुमार शर्मा देशको संघीय राजधानी काठमाडौं बाट बेपत्ता भएको झण्डै २ महिना हुन लागेको छ । एउटा परिवारको हाेनहार युवा छाेरा बेपत्ता भएको पीडा जन्म दिएर २० वर्ष पालेर हुर्काएकाे आमाबुबा बाहेक अरू कसलाई थाह हाेला। छाेराकाे बेपत्ता भएको पीडाले आमा रातभरि राम्रोसँग निदाउन सकेको छैन भने बुवा पुष्पलालकाे अबस्था उस्तै छ । कतिबेला छाेरा भेटिएको खबर आउँछ कि भने आस अहिले पनि छ तर छाेरा नभेटेपछि मन दुखेको छ। संघीय सरकारको संसद बैठकमा पनि याे कुरा साँसद वीरेन्द्र महताेले उठाउनु भएको हाे तर अहिलेसम्म प्रहरी प्रशासन बेपत्ताकाे अबस्था पता लगाउन असफल भएको छ। पीडित परिवारलाई छाेराकाे खाेजीमा सरकारले वास्ता नगरेको दुखेसो छ भने प्रशासनले बेपत्ता युवककाे माेवाइल स्वीच अफ रहेको कारण खाेजीमा समस्या भएको बताउँछन् । यता पीडित परिवारले घटना बारे फलाेअप गरि दिन र बेपत्ता छाेराकाे खाेजीकाे लागि पहल गरिदिनकाे लागि विभिन्न संचार माध्यम लाई गुहारेकाे तर कसैले पीडा नसुनेकाे दुखेसो गरे। समाजको समस्या उजागर गर्ने संचार माध्यमका पत्रकार लाई पटकपटक अनुरोध गरे पनि एउटा निमुखा पीडितको आवाज कसैले नसुनेकाे बेपत्ताकाे दाइ शशि ठाकुरले बताए । उनी भन्छन् ," मेराे परिवारको पीडा बुझिदिनुस , बेपत्ता भाइ खाेजीकाे लागि पहल गरिदिनुस र खाेजीकाे लागि दबाब सृजना हुने गरि सामाचार बनाइदिनुस मैले जे सहयोग गर्नुपर्छ गर्छु । एउटा नेताको छाेरा बेपत्ता भएको भए सरकारले सबै शक्ति परिचालन गरेर उही बेला फेला पारि सकथे तर एउटा निमुखा जनताको छाेरा राजधानी बाट बेपत्ता भएको महिनाैँ हुदा समेत अताे पताे छैन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...