डुमरिया सहिद सूर्यनाथ रान अस्पतालका लागि पठायो स्वास्थ्य उपकरण र औषधि

  • भदौ २०, २०८१
  • ४१४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ डुमरियास्थित सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनका लागि मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयअन्तर्गतका विभिन्न निकायबाट स्वास्थ्य उपकरण तथा औषधि पठाइएको छ । करिब १४ वर्षयता सञ्चालन हुन नसकेको सो अस्पतालमा तत्काल सेवा सुचारु हुने प्रतिबद्धता प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले गरेका थिए । मुख्यमन्त्री सिँहले प्रतिबद्धता व्यक्त गरेको दुई दिनभित्रमै अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधि पठाइएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरिया र केन्द्रीय सदस्य सन्जिप झाको विशेष पहलमा प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट डुमरिया अस्पतालबाट आवश्यक परिमाणमा स्वास्थ्य उपकरण र औषधि पठाइएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव डा. सञ्जय ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...