महिला मानव अधिकार रक्षकहरुको सुरक्षा, चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • मंसिर १३, २०७६
  • २४९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान १३ मंसिर ।
ओरेक नेपाल, मुक्ति नेपाल, महिला मानव अधिकार रक्षक संजाल र मानव अधिकार रक्षक संजाल सिरहाको आयोजनामा महिला मानव अधिकार रक्षकहरुको सुरक्षा, चुनौती र अवसर विषयक जिल्ला स्तरिय अन्तरक्रियात्मक छलफल कार्यक्रम मंसिर १३ मा गोलवजारको अतिथि सदनमा सम्पन्न भएको छ ।
समानताको पुस्ता, बलात्कार विरुद्धको एक्यबद्धता नाराका साथ २८ अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियान २०१९ को अवसरमा उक्त कार्यक्रम गरेको हो । महिला अधिकार रक्षक संजाल सिरहाकी अध्यक्ष जिवछी यादवको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमूख अतिथि गोलवजार नगरपालिकाको मेयर देबनाथ साह रहनुभएको थियो । जिल्ला भरिको महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, संचारकर्मी लगायत निर्वाचित जनप्रतिनिधि लगायत कार्यक्रममा जम्मा १२० जनाको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिले भन्नुभयो–“महिला हिंसाका घटना दिनदिनै भइरहेको छ । महिला अधिकारकर्मीले काम पनि गरिरहेका छन् तर उहाँहरुलाई काम गर्दा जोखिम हुने हुँदा यसका लागि गोलबजार नगरपालिकाले सचेतनामूलक कार्यक्रम गर्नेछ र महिला अधिकारकर्मीलाई जोखिमबाट बचाउन सुरक्षाका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । ”
त्यस्तै लहान नगरपालिका उपप्रमुख सरियार चौधरीले “ आफूले महिलाको लागि काम गर्न महिला समूह देखि संजाल सम्मको नेतृत्व गर्दै अहिले जनप्रतिनिको रुपमा काम गर्दैछु । तर पनि महिलाका लागि काम गर्नेको लागि चुनौती महिला अधिकारकर्मी हुँदा र न्यायिक समिति संयोजक भएर काम गर्दा उस्तै लागेको छ ।”
उक्त अन्तरक्रिया कायक्रममा महिला अधिकार रक्षकको बारेमा ओरेक नेपालकी केन्द्रिय सदस्य श्याम कुमारी साहले प्रकाश पार्नु भएको थियो ।
महिला मानव अधिकार रक्षक दिवशको अवसरमा गरिएको कार्यक्रमको दोस्रो सत्रमा संजालको पाचौ अधिवेसन तथा वार्षिक साधारण सभा गरेको थियो । उक्त अधिवेसनबाट महिला अधिकारकर्मी रेणु कर्णको अध्यक्षतामा १७ सदस्यको कार्य समिति चयन गरेको ओरेक नेपालकी कार्यक्रम अधिकृत देवकककुमारी महराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...