राष्ट्रिय कृषक समुह महासंघ नेपाल सिरहाले विभिन्न कार्यक्रम गरि १४ औं स्थापना दिवस मनाए

  • भदौ २४, २०८१
  • ४०५ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स  / २३ भदौ, सिरहा । राष्ट्रिय कृषक समुह महासंघ नेपाल सिरहाले विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो १४ औ स्थापना दिवश मनाएको छ । सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा ७ स्थित श्री रजै जनकलाल माध्यमिक विद्यालय बलहिको प्राङ्गणमा विभिन्न प्रजातिका विरुवा रोपि महासंघको १४ औ स्थापना दिवस मनाएको हो । महासंघको स्थापना दिवसको अवसरमा एक औपचारिक कार्यक्रम सहित करिब सयौ विरुवा रोपिएको थियो । भुपु प्रदेश सभा सदस्य नरेश कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरु केन्द्रिय सदस्य श्रेमती कविता देवि महतो, राष्ट्रिय कृषक महासंघ मधेस प्रदेश अध्यक्ष दिपक कुमार ठाकुर , सचीव जामुन यादव , किसान महासंघ सिरहाको भुपु अध्यक्ष प्रदीप कुमार दनुवार ,प्रदेश महासंघ सदस्य खुशिलाल यादव लगायत किसान कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा भुपु सभा सदस्य तथा कार्यक्रमको प्रमुख अतिथि नरेश कुमार यादवले राष्ट्रिय कृषक महासंघको १४ औं स्थापना दिवसको अवसरमा मन्तव्य राख्दै किसान सँग प्रत्यक्ष रुपमा जोडिएको यो कृषक समुह महासंघको विकास जति तिब्रमा बढ्यो भने त्यतिनै राष्ट्र र समाजाको आर्थिक सुदृढीकरण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...