जनमदिनलाई सत्यकर्ममा जोडौं,वृक्षरोपन गरौं नारा सहित सिरहामा बृक्षरोपन पहिलो कार्यक्रम

  • असोज १५, २०८१
  • ४३९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । "प्रकृतिलाई न्याय गर्नसके आईपर्ने बिपत्तिलाई न्युनीकरण गर्न सकिन्छ भन्ने मान्यता साथ आज सिरहामा पहिलो पल्ट जन्मादिनलाई सत्यकर्ममा जोडौं बृक्षारोपन गरौं नारा सहित बृक्षारोपन कार्यक्रम गरिएको छ ।IMG_20240930_094735

    सिरहाहो बिष्णुपुर गाउँपालिका वडा न.२ कौवाहा ,राजपुर र गणेश चौकको विभिन्न स्थानमा सयौं विरुवा रोपेर कार्यक्रम गरिएको हो । बृक्षारोपन बिष्णुपुर गाउँपालिका स्थित अधारभुत विद्यालय राजपुर ,रामजानकी कुट्टिको प्राङ्गणमा कौवाहा र गणेश चौकमा गरिएको हो । जन्मदिनलाई सतकर्ममा जोडौँ अभियान अन्तर्गत वृक्षरोपण गरी अभियान सुरु गरेकोमा सहभागी सबैलाई अभियन्ता तथा पत्रकार महासंघको केन्द्रिय सचीव गोबिन्द प्रसाद चौलागाईंले धन्यवाद ज्ञापन गर्नभएको छ ।IMG_20240930_091017

सिरहाको नरहा गाउँपालिका स्थित श्री जनता वनबाली नमुना प्राबिधिक विद्यालय बर्छावा नरहामा कार्यरत प्रशिक्षण सहायक सतेन्द्र यादवको जन्मदिनको अवसरमा उक्त कार्यक्रम गरिएको हो । आज सिरहाको बिष्णुपुर गाउँपालिका वडा न. २ राजपुर ,राजोखर र कौवाहा स्थित रामाजानकी कुट्टी र अधारभुत विद्यालय र गणेश चौकमा श्री जनता बनवाली नमुना माध्यमिक विद्यालय प्राविधिक बर्छावा नरहाका शिक्षक सतेन्द्र यादवले जन्मदिनको अवसरमा सयौँको सङ्ख्यामा वृक्ष रोपी जन्मदिनलाई सतकर्ममा जोडौँ अभियानलाई एक्यवद्धता जनाउदै सिरहाबाट विधिवत सुरुवात गरेको छ । सहभागी सबैले जिल्लाका हरेकको जन्मदिनको अवसरमा वृक्षरोपण गरी यो महत्त्वपूर्ण अभियानलाई निरन्तरता दिने योजनारहेको जिल्लाको सामाजिक काममा समेत सक्रिय रहनुभएका पत्रकार रामपुकार यादवले जानकारी दिनुभएको छ। सिरहामा आजबाट अभियान कै रूपमा सुरुवात यो अभियानमा सहभागिता जनाउनुहुने समाजसेवीहरू प्रदीप यादव ,रामरतन यादव ,राजु यादव ,जसलाल यादव ,रङ्जित यादव ,देवनाथ यादव,गोपालनरायण श्रेष्ठ ,राजदेव साह,मिथलेश झा,गौरिशङ्कर कामती,हरिनरायण साह,मनोजकुमार यादव ,रुपेशकुमार यादव ,प्रमोद यादव , मनुमाया श्रेष्ठ ,सङ्गीता यादव ,शत्रुधन यादव , सुरेशकुमार राम ,धर्मनाथ यादव ,पंङ्कज कर्ण,पाण्डव यादव,लक्षमन यादव ,महाबिर दास ,सङ्गीताकुमारी यादव , सरोज यादव , सरिता यादवलगायत सयौँ सहभागीहरूलाई अभियन्ताहरुले विशेष धन्यवाद दिनुभएको थियो । रौतहटबाट पहिलोपटक अभियानको रूपमा सुरुवात गरिएको अभियानले अब तपाईंको जन्मदिन केक ,चोकोपन र चकलेट बाँडेर होइन वृक्षरोपण गरेर हामी मनाई दिन्छौंँ भन्दै सिरहाका बुद्धिजीवी जुरुक्क उठेको यो आजको कार्यक्रमले धेरै पाठ सिकाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...