टोल सुधार सेवा समाजको सक्रियतामा नवदुर्गा मन्दिर सँगै प्रवेशद्वा निर्माण

  • असोज २०, २०८१
  • ६५५ पटक पढिएको
  • दुर्गा प्रसाद चौलागाईं
alt

दुर्गा प्रसाद चौलागाईं काठमान्डाै । कागेश्वोरी मनोहरा नगरपालिका अन्तर्ग बिरेन्द्रचोक स्थित वडा नम्बर ०७ मा रहेको नवदुर्गा मन्दिर संगै मुल प्रवेशद्वार निर्माण गरिएको छ। नवदुर्गा टोल सुधार सेवा समाजको सक्रियता र टोलबासीको सहयोगमा लगभग सातलाखको खर्चमा निर्माण गरिएको कलात्मक प्रवेशद्वारको लागी कागेश्वोरी मनोहरा नगरपालिका अन्तर्गत वडा नम्बर ०७ का वडा अध्यक्ष भिम थापाले वडाको तर्फबाट आफुले सकेसम्मको सहयोग गर्ने आश्वासन दिनुभएको संस्थाका अध्यक्ष गोबिन्द बहादुर भट्टराईले बताउनुभयो। Messenger_creation_C9AB0F0C-A097-4323-8A3F-7D567442B7A3। यसैगरी संस्थाका उपाध्यक्ष गोरखराज ओझाले नवदुर्गा मदिरसंगै निर्माण गरिएको प्रवेशद्वारले यस् ठाँउको ऐतिहासिक र धार्मिक महत्त्वमा वृद्धि गर्नाका साथै धार्मिक पर्यटक आवागमनमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । दक्ष कालिगड द्वारा दुई महिना लागाएर निर्माण कार्य सम्पन्न गरिएको यस् प्रवेशद्वारको वरिपरि विभिन्न जातका फुलहरुको बगैचा पनि तयार गरिएको संस्थाका सचिब पर्शुराम अधिकारीले बताउनुभयो। करिब डेढ बर्ष अघि मात्र नवदुर्गा टोल सुधार सेवा समाजकै सक्रियतामा नगरपालिका ,वडाकार्यलय र टोलबासिको सहयोगमा निर्माण कार्य सम्पन्न भएको नवदुर्गा मन्दिरमा घटस्थापनाको दिन नवदुर्गा टोलबासिले संयुक्त रुपमा जमरा राख्ने कार्य सम्पन्न गरेका छन् । मन्दिरमा मुल पुजारीको अनुपस्थितिमा जेष्ठ नागरिक दुर्गा चौलागाईं द्वारा पुजाआजा,प्रसाद वितरण ,आरती र किशोरचन्द्र भट्टराई द्वारा चन्डिपाठ हुने गरेको छ। दशमीको दिन बिहान देबी बिसर्जन गरि सम्पुर्ण टोलबासी भक्तजनलाइ जमारा बितरण गरि मन्दिर भित्र गरिने सम्पुर्ण कार्य सम्पन्न हुने संस्थाका कोषाध्यक्ष महेन्द्र थपलियाले बताउनुभयो। मन्दिरमा पुजा गर्न चाहिने पुजाआजाका सामाग्री ,प्रसाद्का लागी चाहिने फलफुल र नैबेद सम्पुर्ण टोलबासीले पालैपालो गरेर लैजाने गरेको संस्थाका सदश्य उमा रेग्मी भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...