सिरहामा पोख्रेल परिवारले गरे समाज कल्याणको उदेश्यले करोडौंको भवन साना किसान सहकारी संस्थालाई हस्तान्तरण

  • कार्तिक १३, २०८१
  • ७६६ पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव / सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वडा १ स्थित पोख्रेल परिवारले करोडौं लगानीमा बनाइएको हरिमाया सामुदायिक भवन साना किसान सहकारी संस्था लि. बिष्णुपुरलाई हस्तान्तरण गरिएको छ ।

   हरिमाया सामुदायिक भवन र साना किसान सहकारी संस्था लि. बिष्णुपुरको संयुक्त आयोजनामा गरिएको एक कार्यक्रम बीच सो भवन हस्तान्तरण गरिएको हो ।

करोडौं रकम खर्चेर बनाइएको उक्त सामुदायिक भवन आफ्नो परिवारले समाजमा योगदान स्वरुप समाज कल्याणको लागी बनाएर समाजलाई संरक्षण र ब्यबस्थापनको लागि जिम्मा लगाएको थियो ।

तर भन्ने सो भवनको उचित ब्यबस्थापन समाज बाट हुन नसकिएको भन्दै एक बर्ष पछि उक्त सामुदायिक भवन मंगलबार साना किसान कृषि सहकारी संस्था बिष्णुपुरलाई विभिन्न शर्त सहित हस्तान्तरण गरिएको संयोजक श्याम पोख्रेलले जानकारी गराउनुभयो । FB_IMG_1730199396114

  उहाँले आफुले हस्तान्तरण गरेको भवनको यस सहकारी संस्थाले आशा भरोषाका साथ चलाउनु हुनेछ बिश्वास व्यक्त गर्नुभयो ।

  कार्यक्रममा साना किसान सहकारी संस्थाको अध्यक्ष ओपिन्द्र यादव र संचालक समिति सदस्य दिपेन्द्र यादवले हस्तान्तरण भइ आएको सामुदायिक भवन संस्थाको सम्पत्ति हो यसलाई उल्लेखित शर्त बमोजिम उचित संरक्षण र पर्वधनका साथ चलाउने प्रतिबद्धता जाहेर गर्नुभयो।

  IMG_20241029_133349  कार्यक्रममा सामुदायिक विद्यालयका ३० जना छात्रछात्राहरूलाई सहकारी संस्थाले पोशाक र शैक्षिक सामग्री समेत वितरण गरेको संस्था अध्यक्ष ओपिन्द्र यादवले बताउनुभयो ।IMG_20241029_135718

कार्यक्रम बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादवको प्रमुख आतिथ्य र सामुदायिक भवनको दाता तथा भवन संयोजक श्याम पोख्रेलको अध्यक्षताम गरिएको थियो । कार्यक्रमको संचालन सहकारी संस्थाको प्रबन्धक उपेन्द्र यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...