स्वस्तिक लघुवित्तले ठगी गरेको भन्दै नरहा स्थित बलुवाशाखा कार्यालयमा तालाबन्दी ,

  • कार्तिक १४, २०८१
  • ११९० पटक पढिएको
  • Ram Pukar Yadav
alt

प्रदेश टाइम्स/ सिरहा । स्वस्तिक लघुवित्तिय कार्यक्रम अन्तर्गत संचालित स्वस्तिक लघुवित्त बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्र सिरहाको नरहा गापा स्थित बालुवा नरहा शाखामा तालाबन्दी भएको छ । 

   वर्षौं देखी सेवाग्राहीहरुले गरेको बचत फिर्ता गर्न लघुवित्तले आलटाल र अनाकानी गरेपछि सेवा केन्द्र नरहा बालुवा अन्तर्गत केन्द्र न.७.१११ को सदस्यहरुले बुधबार शाखा कार्यालयमा तालाबन्दी गरेको हो ।

     ऋण लगानीको उद्देशयले बचत जम्मा गराउने तर ऋण पनि नदिने बचत पनि फिर्ता गर्न आलटाल र लापरबाही मात्रै होइन १४ महिना देखी दौडहा गराइ परेशानी गरेको र आफ्ना बचत फिर्ता नदिएको भन्दैउनिहरुले तालाबन्दी गर्नुपरेको बचतकर्ता सदस्य सेवाग्राहीहरुले बताए ।

    बचतकर्ता सदस्यहरुका अनुसार बचत फिर्ताका लागि आफुहरु वर्षौ देखि सास्ती खेपिरहेको छु तर भन्ने वित्तिय संस्थाका कर्मचारीहरुले लिखित र मौखिक सहमतिको बहानामै अहिले सम्म टाले , सहमति र सम्झौता केही कार्यान्वयन भएन आफुहरु अझै  बचत रुपैया फिर्ता नपाएपछि बाध्य भै आज तालाबन्दी गरेको बताए । IMG_20241030_092946

उनिहरुले जम्मा २ लाख ९६ हजार हाल सम्म आफ्नो संस्थामा बचत गरेको संस्था प्रबन्धक जितेन्द्र साहले बताए । सेवाग्राही सँग बचत लिने तर फिर्ता गर्न अनाकानी गर्नु नै संचालकको नियत गलत हो , यो ठगि हो सेवाग्राही धर्मु महरा , रामरतन यादव ,मनोज यादव लगायतका सदस्यहरुले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...