पुर्व विद्यार्थी समाज राजपुरको आयोजनामा शुभकामना तथा पुरस्कार वितरण

  • कार्तिक २०, २०८१
  • ४६९ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । विगत ३ वर्ष देखि पुर्व विद्यार्थी समाज राजपुरको आयोजनामा श्री जनता माध्यमिक विद्यालय प्राबिधिक राजपुरमा विभिन्न कार्यक्रम गरि हुदै आएको शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम यस वर्ष पनि भब्य रुपले सप्पन्न भएको छ ।

     शिक्षा सुधार तथा समाजको समृद्धि र परिवर्तनको लागी पनि पुर्व विद्यार्थी समाजको भुमिका रहनुपर्ने आजको आवश्यकता रहेको कार्यक्रममा बक्त्ताहरुले बताउनुभयो बक्ताहरुले संस्था स्थापनाको समय लिएको उद्देश्य र वर्तमान समयमा यस पुर्व विद्यार्थी समाजको उदेश्यमा फरक रहेको टिप्पणी गर्दै यसले समाजको परिवर्तन , समृद्धि र शिक्षा सुधारमा साकारात्मक भुमिका खेल्न कठिनाइ हुने धारणा व्यक्त गर्नुभयो । 

IMG_20241104_132547 कार्यक्रममा व्यापक आरोप प्रत्यारोप उठनु स्वभाबिक लागेको कारण पनि बिद्यालयको शिक्षा अबस्थामा सुधार अझै नदेखिनु यसलाई सुधार कसरी गर्ने कुरा पनि विद्यार्थी समाजको दायित्व रहेको बक्ताहरुको कथन रहेको थियो ।

    कार्यक्रममा बलाजु दुग्ध वितरण आयोजनाका प्रमुख गणेश यादवले समाजमा देखिएको कुरुती,बेथिति ,बिसंगती विरुद्ध खुलेर बोल्नु आवश्यक रहेको भन्दै समाजको आँखा खोल्ने पत्रकार पनि मौन भएर बस्नु हुदैन बताउनुभयो । शिक्षा बिकासको पाटोमा स्थानीय सरकारको प्रमुख बिष्णुपुर गाउँपालिका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि सत्यनारायण यादवलाई ध्यानाकर्षण गराउँदै बक्ताहरुले विद्यालय शिक्षा सुधारको लागि जोडदार आग्रह गर्नुभयो ।

    उता पालिका अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथि सत्यनारायण यादवले शिक्षा सुधार र परिवर्तन एक्लैले होइन यसको लागी हामी सबैले गर्नुपर्ने बताउनुभयो । IMG_20241104_133758 कार्यक्रममा शिक्षक , कर्मचारी , जनप्रतिनिधिहरुले आफ्ना बिचार व्यक्त गर्नुभयो । कार्यक्रम पुर्व विद्यार्थी समाजको अध्यक्ष ज्ञानकुमार यादवको अध्यक्षतामा गरिएको थियो भने संचालन रन्जित यादवले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...