भरपर्दो स्वास्थ्य शिबिरको आवश्यकता महसुस गर्दै स्थानीयबासिहरु

  • कार्तिक २४, २०८१
  • ११९४ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ २४ कार्तिक सिरहा ।  शारीरिक स्वास्थ्य मानिसको लागि अपरिहार्य हो । शारीरिक तन्दुरुस्ती र सफल स्वास्थ्यको बिना मानिसले कुनै पनि कार्य गर्न कठिन मात्रै होइन एउटा निरोगी समाजको परिकल्पना गर्न पनि कठिन रहेको आंकलन सँगै बिष्णुपुर गाउँपालिका वडा न. २ कौवाहा युवा समाज द्वारा शनिबार रामजानकी कुट्टिको प्राङ्गणमा निशुल्क समान्य स्वास्थ्य शिबिरको आयोजना भएका छन । कौवाहा युवा समाज द्वारा आयोजित एक दिवसीय स्वास्थ्य शिबिरमा स्वास्थ्य जाँचको लागि सहाभागी स्थानीय बिरामीहरुले समुदायमा भर्पर्दो स्वास्थ्य शिबिरको आवश्यकता रहेको बताएका छन ।IMG_20241109_104122

   स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न यस सेवालाई अत्यावश्यकिय स्वास्थ्य सेवा प्रणालीकै एक अभिन्न अंगको रुपमा विकास गरि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न गैरसरकारी, निजी क्षेत्र र समुदायसँग साझेदारी विकास गर्ने जस्ता स्वास्थ्य नीति सरकारको रहेतापनी स्वास्थ्य क्षेत्रको सवालमा स्थानीय सरकारको लगानी तथा बजेट फित्तलो रहेका छन । शनिबार रामजानकी कुट्टिमा आयोजित निशुल्क स्वास्थ्य शिबिर उद्घाटन कार्यक्रममा बक्ताहरुले स्थानीय स्वास्थ्य क्षेत्रको अबस्था प्रती चिन्ता जनाउँदै आफ्ना बिचार व्यक्त गरेका हुन ।

    कार्यक्रममा बक्ताहरु मध्ये आफ्ना बिचार राख्दै दुग्ध वितरण आयोजना बलाजुको प्रमुख गणेश यादवले स्थानीय सरकारको प्रमुख तथा कार्यक्रमको प्रमुख अतिथि बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवलाई आग्रह गर्दै भने यो शिबिर यहाँको समाजले होइन पालिकाले राख्नुपर्ने आवश्यकता रहेको छ । यस शिबिरमा जाँचका लागी आएका सबै सेवाग्राहीहरुमा खर्चिने औषधिको हुन आउने रकम स्थानीय सरकारले उपलब्ध गराइदिदा उत्तम हुन्थ्यो कि ? धारणा राखेका थिए । IMG_20241109_105010

   कार्यक्रममा, कार्यक्रमको प्रमुख अतिथि तथा पालिका अध्यक्ष सत्यनारायण यादवले शिबिर संचालन र यश बाट कसरी सेवा पाउने भन्ने कुरा यहाँका बुद्धिजीवीहरुको पनि अबिभारा रहेको बाताएका थिए । 

IMG_20241109_105258 एक दिवसीय निशुल्क स्वास्थ्य शिबिर कार्यक्रममा सिरहा स्थित चन्द्र नारायण मेटार्निटी अस्पतालका ब्यबस्थापन देखि अधिकांस एमबिबिएस र एमडी डक्टरहरुको उपस्थितिमा करिब २ सय ५० जनाले प्रत्यक्ष रुपमा सेवा पाइएपनी भरपुर उपकरण सहितको जाँच र भरपुर रुपमा औषधि सेवाग्राहीहरुले पाउन नसकिएपछी सेवाग्राहीले गुनासो पोखेका थिए । IMG_20241109_123631

  पान्डव यादव सहित युवा समाज कौवाहाको संयोजनमा गरिएको कार्यक्रमको संचालन शिक्षक प्रदीप यादवले गरेका थिए भन्ने कार्यक्रममा समाजसेवी शुभेश्वर यादव , स्थानीय नेता राम कुमार यादव वडा अध्यक्ष प्रमोद कुमार यादव ,जय कुमार यादव ,वडा सदस्य  रामरतन यादव  लगायत स्थानीय युवा बुद्धिजीवी पत्रकारहरुको उपस्थिति रहेको थियो ।IMG_20241109_123635

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...