सिरहामा प्रजातन्त्र सेनानी संघको ११ सदस्यीय जिल्ला कार्यसमिति गठन

  • कार्तिक २५, २०८१
  • १९७९ पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव / २५ कार्तिक सिरहा । सिरहामा प्रजातन्त्र सेनानी संघको ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । नेपाली काँग्रेसकि पुर्व कोषाध्यक्ष सीता देवि यादवको प्रमुख आतिथ्यमा सिरहा स्थित पुस्तकालय भवनमा सम्पन्न बैठकबाट आइतबार प्रजातन्त्र सेनानी संघको ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । IMG-20241110-WA0000 बैठकले समितिको सभापतिमा राम कुमार यादव , उपसभापतिमा मागैन साह, सचीवमा गोपाल साह सहित सदस्यहरुमा रमेश गजुरेल , अशोक साह , ओम प्रकाश साह ,मो. समसुदिन , मायादेवी चौधरी , जुगेश्वर यादव , गोबिन्द ढकाल र सीमा झालाई चयन गरेको हो । बैठकले शिबराम यादव , शितल प्रसाद यादव र भागवत साह गरि तीन जनालाई महाधिवेशन प्रतिनिधिको लागि चयन समेत गरेका हुन । IMG-20241110-WA0003 राम कुमार यादवको अध्यक्षतामा सप्पन्न सो कार्यक्रमको बिशिस्ट अतिथिहरुमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पद्धम नारायण चौधरी ,पुर्व प्रदेश सभा सांसद नरेश कुमार यादव र प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य अमर रेग्मी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...