पुर्णिामा स्नानका लागी परिवार सँगै गएका दुइ बालक डुबेर बेपत्ता एकको शब फेला ,एकअझै बेपत्ता

  • कार्तिक ३०, २०८१
  • ४१४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, ३० कात्तिक। कमला नदीमा नुहाउने क्रममा हराईरहेका एक किशोरको शव करिव तीन घण्टा पछि फेला परेको छ। अर्का अझै लापत्ता छन् । सिरहा कर्जन्हा नगरपालिका १ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा डुबेर बेपता भएका सिरहाकै मिर्चैया नगरपालिका ५ का बिन्देश्वर मण्डलको छोरा १६ वर्षिय रोशन मण्डल नदीमा पानी सँगै बगिरहेको अवस्थामा फेला परेको हो । उनीसँगै हराईरहेका रामनाथ साहको छोरा १५ वर्षिय लक्ष्मण कुमार साहभने अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। कार्तिक  पूर्णिमा स्नानका लागि परिवार सँगै गएका उनीहरु नुहाउने क्रममा पानीमा डुवेर बेपत्ता भएका थिए  प्रत्यक्ष दर्शिले प्रहरीलाई खवर गर्नासाथ इलाका प्रहरी कार्यालय बन्दिपुर र शस्त्र प्रहरी बल मिर्चैया बाट खटीएको प्रहरी टोलिले खोज तलास गर्ने क्रममा नदीमा बगिरहेको  अवस्थामा फेला पारेको हो ।  प्रहरी र स्थानियहरुको सहयोगमा शव बाहिर निकाली घटनास्थल सुरक्षित राखि कानुनि प्रकृया तथा थप अनुसन्धान कार्यभईरहेको छ। साहको भने खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...