तेरिज दरबन्दी विपरीत जनस्वास्थ्य चौकी कल्याणपुरमा इन्चार्ज

  • मंसिर ५, २०८१
  • ५३७ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ सिरहा ।  मापदण्ड अनुसार शैक्षिक योग्यताको अधारमा इन्चार्ज तोकिनुपर्ने अबस्था नेपाल सरकारले बनाएको तेरिज दरबन्दी र निर्देशिकामा उल्लेख रहेपनि पनि सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित जनस्वास्थ्य चौकीमा तेरिज्ज दरबन्दी र निर्देशिका विपरीत इन्चार्ज तोकिएको छ । स्थानीय सरकारको दबाब र प्रभावमा बस्ने कर्मचारीलाई मनोमानी ढंगले मिलोमतोमा यहाँ एच ए छेटौं हुदाहुदै पनि अहेव छेटौंलाई इन्चार्ज तोकिएको जनस्वास्थ्य निरीक्षक राजेश यादवको आरोप रहेको हो । निरीक्षक यादवका अनुसार आफु एचए पाँचौ बाट जागीर शुरूवात गरि एचए छेटौमा हाल कार्यरत रहेको छु । तरभने यहाँ आफ्ना लगाव र प्रभावमा बस्ने अहेब चौथो बाट जागिर शुरु गरेको अहेव छेटौँ लाई मनोमानी प्रक्रियाले इन्चार्ज तोकिएपछि प्रष्ट रुपले गुनासोको बिषयबस्तु रहेको बताए । हाल जनस्वास्थ्य चौकी कल्याणपुरमा एचए छेटौं स्तरमा राजेश यादव जनस्वास्थ्य निरीक्षकको पदमा र अहेव छेटौं स्तरमा ओम शंकर साह इन्चार्ज पदमा रहेका छन । जुन तेरिज दरबन्दी र नेपाल सरकारले दिएको निर्देशिका विपरीत मनोमानी प्रक्रियाले गरेको जनस्वास्थ्य निरीक्षक यादवको आरोप रहेको हो । निरीक्षक यादवले दुइटा छेटौं कार्यरत रहेको तराइको जनस्वास्थ्य चौकिहरुमा शैक्षिक योग्यता बढि भएकोलाई इन्चार्ज तोकिनुपर्ने ब्यबस्था रहेपनि कम योग्यता भएकोलाई यहाँ इन्चार्ज तोकिएको छ । जुन सरासर यहाँको स्थानीय सरकारकारको मनोमानी र गलत मनसाय रहेको बताए । उता इन्चार्ज पदकै लागि पुनरावेदन अदालत राजबिराजमा मुद्दा  चलिरहेको कल्याणपुर जनस्वास्थ्य चौकिमा कार्यरत इन्चार्ज ओमशंकर साहले बताए । इन्चार्ज साहका अनुसार यहाँ स्वास्थ चौकि भित्र आफु सहित सबै स्टाफहरु स्थानीय नै परेकोले आफ्ना विपक्षीहरु पनि कम नरहेको र गुनासोमा बढि अग्रसर देखिएको जनाए । साथै निरीक्षक साहले यस्ता समस्या विभिन्न स्थानीय तहमा रहेको भन्दै यहाँ आफु पनि इन्चार्ज पदकै लागि एक बर्ष देखि मुद्दा खेपिरहेको बताए । उनले नेपाल सरकारले दिएको तेरिज दरबन्दीलाई नै तहगत हिसाबले कल्याणपुर नगारपालिकाले पनि कार्यन्वन गरेको दाबि गरे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...