देशकै पहिलो सफा र स्वच्छ वडा विकासको लागि पार्टीगत स्वार्थ त्याग्नुपर्ने ःयोजना मन्त्री विजय

  • मंसिर १४, २०७६
  • ७६२ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव बिष्णुपुर ,सिरहा,१४मंसिर । राजनीतिक संघर्ष पछि आएको संघीय प्रणालीमा ग्रामिण भेगको चौतर्फी विकासका लागि पार्टीगत स्वार्थ भन्दामाथि उठ्नुपर्ने २ नं.प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बताए । भगवानपुर गाउँपालिका ३ नं.वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री यादवले त्यस्तो कुरा बताएका हुन् ।
मुलुक संघीय प्रणालीमा गएको अवस्थामा गाउँको विकास गर्नका लागि गाउँकै व्यक्तिको हातमा सबै अधिकार आएको औल्याउदै मन्त्री यादवले विकासका लागि पार्टीको स्वार्थ भन्दा जनताको आवश्यकतालाई विषेश प्राथमिकतामा राखेर सबै एकजुट भई प्रभावकारी काम गर्ने तिर लाग्नुपर्ने बताए । गाउँको विकासका लागि सबै अधिकार स्थानीय सरकारमा आएको हुँदा जनताको प्रतिनिधिको रुपमा चुनिएका सबै एउटै पार्टीको नहुने भएकोले विकासमा पार्टी नहेरी जनताको खाँचोलाई बुझेर काम गर्न सबैसँग आग्रह गरे ।
बजेट हुँदाहुँदै स्थानीय सरकारमा चुनिएकाहरुमा आपसी असमझदारीका कारण काम हुन नसक्दा कुनै एक पार्टीका व्यक्ति मात्र दुःख नपाउने तर्क गर्दै उनले कुनै पनि निकायबाट प्राप्त भएको बजेट र निर्धारण भएको समयसिमाभित्र स्थानीय सरकारमा चुनिएका सबै पार्टीका व्यक्तिहरुले आपसी सम्झदारी तथा सबैको समावेशीमा काम गर्न गराउन सबैलाई आग्रह गरेका हुन् । निर्धारण गरिएको समयभित्र काम गर्न नसकेमा आएको बजेट व्यर्थमा गुम्ने अवस्था आउने र त्यो बेलामा पछुताउने वाहेक कसैलाई केही हात नआउने उनको दाबी छ ।
सफा र स्वच्छ वडाको रुपमा देशकै पहिलो वडा घोषित गराउन सफल भएको भगवानपुर गापा वडा नं.१ र ३ का वडाबासीलाई मन्त्री यादवले बधाई दिए । सफा र स्वच्छताको सबै सर्तलाई पुरा गर्दै घोषित भएको अवस्थालाई कायम राख्न सबैले निरन्तर रुपमा सक्रियका साथ सहयोगकारी भुमिका निर्वाह खेल्नुपर्ने मन्त्री यादवले सुझाव दिए । ‘कृषि क्षेत्रमा आउने केही दिनभित्र नौलो परिवर्तन आउने छन् ,’उनले भने‘कृषि क्षेत्र भिन्न खालको काम गर्न प्रदेश सरकार अघि बढेको छ ।’ प्रयोगविहिन बस्तुलाई उपयोगमा ल्याउने गरी प्रदेश सरकारले गृहकार्य अघि बढाएको उनले दाबी गरे ।
वडाध्यक्ष, सचिव, सदस्य, प्रशासनलेखा, बैठक कक्ष सहित ६ कोठा तथा शौचालय समेत निर्माण गर्नका लागि १ करोड ४ लाख ७ हजार ८ सय ३१ खर्च भएको निर्माण समितिका अध्यक्ष योगानन्द यादवले खर्च विवरण सार्वजनिक गरे । सामुदायिक विकास कार्यक्रम (सीडिपी) ९८ लाख ७ हजार ८ सय ३८, भगवानपुर गापा ६ लाख, समुदाय ८८ हजार ४ सय सहयोग प्राप्त भएपछि भगवानपुर गापा वडा नं. ३ को वडा कार्यालयको निर्माण कार्य सम्पन्न भएको उनले बताए ।
भगवानपुर गापा ३ नं.वडाका ५ सय ५५ र वडा नं.१ का ७ सय ५३ घरपरिवारले सफा चर्पीको प्रयोग, सफा घर आंगन, स्वच्छ पानी, सफा खाना, फोहोर व्यवस्थापन राम्रोसँग गरेको ठहर गर्दै देशकै पहिलो सफा र स्वच्छ वडा घोषणा गरिएको प्रतिवदेनमा उल्लेख गरिएको छ । सफा र स्वच्छ वडा घोषणा गराउन एसएनभी नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा सिरहाले रचनात्मक क्रियाकलाप गरेको जनाइएको छ ।
सबैको सकारात्मक सुझाव र सहयोगमा निर्धारण गरिएको समयमा भवन निर्माण कार्य सम्पन्न भएको बताउदै सहयोग गर्ने सबैलाई सामुदायिक विकास कार्यक्रमकी सिरहा संयोजक कल्पना श्रेष्ठले बधाई दिए । दुरुस्त भवन निर्माण भए सरह वडाका सर्वसाधारण लगायत सबैलाई लक्षित गरी प्रभावकारी सेवा प्रवाहमा प्रशासनिक तवरले खेल्नुपर्ने सबै खाले भुमिका खेल्नका लागि आफु तयार रहेको भगवनपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुजित यादवले प्रतिबद्धता जनाए ।
भगवानपुर गापा अध्यक्ष बेचन प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य राजलाल यादव, प्रदेश सदस्य ललिता दास, जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुर,नेपाल रेडक्रस सोसाइटी सिरहा सभापति राजदेव यादव, सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद पौद्दार लगायतले विकास र सरसफाईमा स्थानीय सरकार तथा स्थानीयहरुको भुमिका दर्साउदै आ–आफ्ना मन्त्वय राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...