सुखिपुर छजनामा सूचना पार्टी बिना करोडौंको निर्माण कार्य सुरु, जनता अन्योलमा

  • मंसिर १२, २०८१
  • ७१७ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । सिरहाको  सुखिपुर नगरपालिका अन्तर्गत छजनामा  स्थानीय क्षेत्रका नागरिकले करोडौं रुपैयाँ लागतमा सुरु भएको निर्माण कार्यबारे स्पष्ट जानकारी नदिइएको भन्दै गुनासो गरेका छन्। निर्माण कार्य सुरु भएको महिनौं बितिसक्दा पनि यसबारे सूचना जारी नगरिएको र स्थानीय जनताको सहभागिता सुनिश्चित नगरी कार्य अघि बढाइएको उनीहरूको आरोप छ। सिरहाको सुखिपुर नगरपालिका वडा नम्बर २ स्थित छजना पोखरीको डिलमा अस्पताल बनिरहेको अनौपचारिक रुपले बुझिएपनि औपचारिक रुपले सूचना पार्टी बिना बुझन अन्योलमा रहेको स्थानीय युवा नेता सरोज कुमार यादव र रामसागर साहले जानकारी गराए । सुखिपुरनगरपालिकाको मेयर राम औतार यादवकै नेतृत्वमा शिलान्यास भएपनि निर्माण कार्य स्तरहिन तथा कमसल रुपले भैरहेको उनि स्थानीयहरुको गुनासो रहेका थिए । स्थानीय सरकार वा सम्बन्धित निकायले निर्माण कार्यको उद्देश्य, लागत, र निर्माण कार्य बारे समग्र प्रभावबारे जानकारी नदिएपछि जनता अन्योलमा परेका छन्। "हामीलाई थाहा छैन यो निर्माण कसका लागि हो, कस्तो उद्देश्यले निर्माण हुँदैछ," स्थानीय बासिन्दा सरोज यादवले भने । निर्माण कार्यको प्रभाव क्षेत्रभित्र पर्ने नागरिकले पर्यावरणीय असर, र निर्माण कार्यबाट हुने सम्भावित सुबिधा , असुविधाबारे चिन्ता व्यक्त गरेका छन्। "हाम्रो खेतबारी कति प्रभावित हुन्छ? काम सकिएपछि यो हामीलाई फाइदा हुन्छ कि हानी, हामीलाई केही थाहा छैन," अर्की स्थानीय बासिन्दा दुखनि देबि मलिकले बताइन्। उनिहरुले अपारदर्शिता रुपले निर्माणका लागि छुट्याइएको रकम कहाँबाट आएको हो र कसरी खर्च गरिँदैछ भन्नेबारे समेत प्रष्ट जानकारी नभएको बताइएको छ। निर्माण कार्य सार्वजनिक खरिद ऐन र प्रक्रिया पालना नगरी सुरु भएको आशंका गर्दै केही स्थानीय नागरिकले यसबारे छानबिन गर्न माग गरेका छन्। यस विषयमा स्थानीय सरकारका प्रतिनिधिसँग सम्पर्क गर्दा उनीहरूले निर्माण कार्य छिटो सम्पन्न गर्न प्राथमिकता दिएको तर सूचना प्रचारप्रसारमा चुकिएको स्वीकारेका छन्। " निर्माण कार्य जनहितमा छ, र यो निर्माणपछि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्नेछ," एक प्राबिधिक दिगबन्द्धुले भने

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...