तस्करको सेतो स्कर्पियोको शिकार बने शस्त्रका सई लक्ष्मण यादव: कानुनी शासनमाथिको चुनौती

  • मंसिर १७, २०८१
  • १४९५ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । सिरहाको बरियारपट्टि गाउँपालिका–१ मा २०८१ मंसिर १६ गते घटेको एउटा हृदयविदारक घटनाले कानुनी शासन र प्रहरी सुरक्षाको वास्तविकतामा ठूलो प्रश्न उठाएको छ । तस्करको गाडिको आक्रमणमा परेर शस्त्र प्रहरी निरीक्षक (सई) लक्ष्मण यादवले ज्यान गुमाए। अपराधविरुद्ध संघर्ष गर्दै आएका यादवको मृत्युले स्थानीयबासिहरु शोकमा डुबेको त छ नै सुरक्षाको दृस्टिकोणले यो घटना कानुनी शासनमाथिको ठुलो प्रहार र चुनौती पनि हो । आइतवार तस्करको सेतो स्कर्पियोले किचेर सइ यादवको हत्या भएको हो । यसले गाउँबासी र देशभरिका सुरक्षाकर्मीहरूलाई स्तब्ध बनाएको छ।

 छोटकि टोल कचनारिको एक साँगुरो बाटोमा गयो ज्यान यादवको । नेपाल -भारत सीमा क्षेत्रको सिरहा जिल्ला तस्करीको गतिविधिका लागि परिचित छ। यस क्षेत्रमा इन्धन, चिनी, मदिरा, र अन्य सामग्रीको अवैध व्यापारले अपराधी गिरोहहरूलाई शक्ति प्रदान गरेको छ। यी गतिविधिहरू रोक्न सई लक्ष्मण यादव निरन्तर क्रियाशील थिए। अपराधमाथि कडा प्रहार गर्ने उनको प्रयासले तस्करहरूलाई असहज बनाएको थियो। तर कानुनी शासन स्थापित गर्न खोज्ने प्रयासविरुद्ध तस्करहरूको प्रतिरोध प्रबल थियो। यादवले सुरक्षाको क्रममा डिउटिमा खटिएएको बेला कति धम्की र जोखिममा परेको होला । तर प्रहरी भएकै नाताले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका थिए। एक चौकिका प्रहरी इन्चार्जले घटनाको विवरण सुनाउँदै भने मंसिर १५ गते राति यादवको नेतृत्वमा आएका टोलि सहित जम्मा आठजनाको प्रहरी टोली तस्करहरूको गतिविधिबारे सूचना पाएर सीमावर्ती क्षेत्रको अनुगमनमा गएका थियौ । सूचना पाए अनुसार गाडी पनि आयो । तसकरको गाडिमा एक जना ड्राइभर मात्र थियो । रोक्ने प्रयास गर्यौ तर रुकेन । एक शस्त्रका सइलाई किचेर घिसार्दै भाग्यो । त्यहाँ स्थित प्रहरीका अनुसार अन्ततः शस्त्रका सइ लक्ष्मण यादव तस्करको सिकार भएको पाइयो । उ सँग हतियार पनि थियो तर चलाएन कि चलेन भन्ने कुराले गम्भीर प्रश्न खडा गरेको छ । कानुनी शासनको चुनौती : सई लक्ष्मण यादवको मृत्युले अपराध नियन्त्रणमा प्रहरीमाथि पर्ने जोखिम र कानुनी शासनका लागि चुनौतीलाई उजागर गर्‍यो। यस घटनाले प्रहरी र सुरक्षाकर्मीहरूको सुरक्षाको सवालमाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय स्तरमा तस्करहरूको संगठन, राजनीतिक संरक्षण, र प्रहरीको साँठगाँठ , स्रोत-साधनको कारण कानुनी शासनको प्रभावकारीता कमजोर भएको देखिन्छ। सई यादवको योगदान र विरासत : सई लक्ष्मण यादव एक कर्तव्यनिष्ठ प्रहरी अधिकारी थिए। तस्करी नियन्त्रणमा उनले देखाएको साहस र योगदान सधैं सम्झनयोग्य छ। उनको बलिदानले कानुनी शासनको महत्वलाई मात्र होइन, सुरक्षाकर्मीहरूको जोखिमपूर्ण जीवनलाई पनि उजागर गर्‍यो। सई लक्ष्मण यादवको मृत्यु केवल एक व्यक्तिको अन्त्य होइन, यो कानुनी शासनमाथि खडा भएको ठूलो चुनौतीको प्रतीक हो। यो घटना तस्करी नियन्त्रण र प्रहरीको सुरक्षा व्यवस्था सुधार गर्न गम्भीर सोच र ठोस कदम चाल्नुपर्ने आवश्यकता दर्शाउँछ। यादवको बलिदानले अपराधविरुद्धको संघर्षलाई नयाँ ऊर्जा दिन सक्छ, यदि यो साँचो अर्थमा व्यवस्थापन गरियो भने।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...