मटिहानीमा अयोध्याबाट आएका जन्तीको भव्य स्वागत

  • मंसिर १७, २०८१
  • ३२१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स समाचारदाता/ महोत्तरी, भारतको अयोध्याबाट विवाह पंचमी पर्वको अवसरमा नेपाल आइपुगेका जन्तीलाई महोत्तरी जिल्लाको ऐतिहासिक मटिहानी नगरपालिकामा भव्य स्वागत गरिएको छ। मिथिला संस्कृति र परम्पराको धरोहर मानिने यस उत्सवलाई अझ विशेष बनाउन मटिहानी प्रवेश गर्ने बित्तिकै जन्तीलाई सम्मानपूर्वक स्वागत गरिएको हो। जन्तीलाई मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मंडल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री लालबाबु कवारी, सहायक प्रमुख जिल्ला अधिकारी श्री उपेन्द्र न्यौपाने, नेपाल प्रहरीका एसपी श्री नकुल पोखरेल, शसस्त्र प्रहरीका एसपी श्री बिनोद केसी, र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख श्री सुदिप अधिकारीले नेतृत्व गर्दै स्वागत गरे। सांस्कृतिक र धार्मिक माहोल : स्वागत समारोहमा लक्ष्मी नारायण मठका महन्थ श्री जगरनाथ दास बैष्णव, उनका शिष्य श्री रबिन्द्र दास, तथा अन्य साधु-सन्तहरू र स्थानिय ग्रामबासीको उपस्थिति थियो। उनीहरूले परम्परागत मिथिला भेषभूषा, मङ्गल धुन, र फूलमालाले जन्तीलाई स्वागत गर्दै सांस्कृतिक र धार्मिक वातावरण सिर्जना गरे।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...