शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीमा प्लान इन्टरनेसनलको सहकार्य

  • मंसिर १८, २०८१
  • २००५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 जनकपुरधाम, १७ मंसिर मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य र वैदेशिक रोजगारीका क्षेत्रमा उल्लेखनीय सुधारका लागि प्लान इन्टरनेसनलले प्रदेश सरकारसँग सहकार्य गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीहरूको समाधान तथा वैदेशिक रोजगारमा दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकारले विषयगत प्राथमिकता तय गरेको बताए। सोमबार भएको भेटमा प्लान इन्टरनेसनल नेपालका निर्देशक रामकिशनले प्रदेशका सबै पालिकामा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाए। उनले केही विषयगत परियोजना केही पालिकामा तथा केही कार्यक्रम सबै पालिकामा लागू गरिने जानकारी दिए। मुख्यमन्त्री सिँहले बालबालिकाको साक्षरता दर बढाउन, विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पु¥याउन र शिक्षक तथा शैक्षिक पूर्वाधारमा सुधार गर्न प्लान इन्टरनेसनलको सहयोग अपेक्षित रहेको बताए। उनले बालबालिकाका लागि शिक्षण सामग्री उपलब्ध गराउने र स्वयंसेवक प्रशिक्षक परिचालन गर्न संस्थालाई आग्रह गरे। शिक्षा क्षेत्रको प्राथमिकता मुख्यमन्त्री सिँहका अनुसार मधेश प्रदेशमा साक्षरता दर वृद्धि र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न तत्कालीन र दीर्घकालीन योजना आवश्यक छ। प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले शिक्षकको अनुपातमा कमी सबैभन्दा ठूलो चुनौती रहेको बताउँदै शिक्षामा पहुँच सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने बताइन्। प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै दातृ संस्थाहरूले प्रदेशको आवधिक योजनामा परिणाममुखी सहयोग गर्नुपर्ने औँल्याए। स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा मुख्यमन्त्री सिँहले स्वास्थ्य सेवा प्रवाहको कमजोर अवस्थाका कारण मानव विकास सूचकांकमा मधेश प्रदेश कमजोर रहेको बताए। उनले स्वास्थ्य क्षेत्रमा दातृ संस्थाहरूले नविनतम र उपयोगी कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे। वैदेशिक रोजगारीमा दक्षता वृद्धि मुख्यमन्त्री सिँहले वैदेशिक रोजगारमा जाने श्रमिकहरू अदक्ष भएकाले समस्यामा पर्ने गरेको र देशले न्यून रेमिट्यान्स प्राप्त गर्ने अवस्था रहेको बताए। उनले विदेश जाने श्रमिकहरूलाई सीपमूलक तालिम उपलब्ध गराई दक्ष बनाउन प्लान इन्टरनेसनलसँग सहकार्यको अपेक्षा गरे। प्लान इन्टरनेसनलले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरेर प्रदेशको समग्र विकासमा टेवा पुर्‍याउने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...